२६ वैशाख, काठमाडाैँ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठक दिउँसो २ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने भएको छ । बैठकले आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने छ । एमालेको केन्द्रीय कमिटी बैठक यही वैशाख २८ देखि ३० सम्म
२६ वैशाख, काठमाडाैँ । नेपाली कांग्रेसकी नेत्री एवम् प्रतिनिधिसभा सांसद डा. आरजु राणा देउवाले भुटानी शरणार्थी सम्बन्धको अडियोबारे सत्य, तथ्य बाहिर आउने बताएकी छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीसँग बोल्दै उनले आफू एक ठूला नेताको श्रीमती भएको र कसैको पक्षमा बोल्दा कसैलाई चित्त दुख्न सक्ने कुरा स्वाभाविक रहेको बताइन् ।
२६ वैशाख, एजेन्सी । ऊर्जा नीतिदेखि चीनसम्मका विषयमा जारी तनावका बीच फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले आगामी जुलाईमा जर्मनीको पहिलो राजकीय भ्रमण गर्ने भएका छन्। राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमियरको निमन्त्रणामा राष्ट्रपति म्याक्रोँले जुलाई २ देखि ४ सम्म जर्मनीको भ्रमण गर्ने भएका हुन्। स्टाइनमियरको कार्यालयले २३ वर्षमा फ्रान्सका राष्ट्रपतिको यो पहिलो राजकीय भ्रमण
२७ वैशाख, कम्बोडिया । कम्बोडियाको आगामी आमनिर्वाचनमा भाग लिन करिब २० वटा राजनीतिक दल दर्ता भएका छन् । पार्टी दर्ताको १५ दिने अवधि सोमबार सकिएको राष्ट्रिय निर्वाचन समिति (एनईसी) ले जनाएको छ । समितिको विज्ञप्तिमा भनिएको छ- सातौं राष्ट्रियसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न २० वटा राजनीतिक दल दर्ता भएका छन् र तीमध्ये
२६ वैशाख, काठमाडाैँ । सरकारले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै स्थानीय तहका पदाधिकारी एवं कर्मचारीलाई कार्यक्रम स्वीकृत नगराइ जथाभावी विदेश भ्रमणमा नजान आग्रह गरेको हो । यसअघि भएका यस्ता वैदेशिक भ्रमणका कतिपय कार्यक्रमको औचित्य नदेखिएको
२६ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन आग्रह गरेका छन् । कानुन दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले स्वतन्त्र न्यायपालिका, सरल, स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन सबै नेपालीलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
२६ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको जानकारी दिइएको छ । पछिल्लो पटक प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको २ पटक सिंहदरबारमा भेट भएको थियो ।
२५ वैशाख ,तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा तत्काल मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । दाङको तुलसीपुरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले दुई/चार दिनमै मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् । “सबै प्रदेशको एकैपटक मन्त्रिमण्डल विस्तार गरौँ भन्ने नीतिगत निर्णय भएको छ”, उनले भने । नेपाली कांग्रेस,
२५ वैशाख ,काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज श्रेष्ठलाई रास्वपाले कारबाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “प्रतिनिधिसभा
२५ वैशाख ,काठमाडौँ । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको महाधिवेशनबाट अध्यक्ष पदमा अञ्जना शाह रावल (काठमाडौं)सर्वसम्मत चयन भएकी छिन् । आइतबारदेखि राजधानीमा जारी महाधिवेशन उपाध्यक्ष, महासचिव सहित ६१ सदस्यीय कार्यसमिति चयन गर्दै आज सम्पन्न भएको छ । महाधिवेशनले उपाध्यक्ष पदमा संगीता मल्ल ठकुरी (धनुषा) र महासचिवमा कुमारी स्याङ्तान(सिन्धुपाल्चोक)