Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

कांग्रेसका महामन्त्री गगन थापाले पाल्पा जिल्ला सम्मेलनमा लापरबाही भएको भन्दै मागे माफी


काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाल्पा जिल्ला सम्मेलन गर्दा लापरबाही भएको भन्दै माफी मागेका छन् । नेपाली कांग्रेसको पाल्पा जिल्ला सम्मेलन गत मंसिर ३० गते तानसेन नगरपालिकाको भवनमा भएको थियो भने उक्त नगरपालिकाको मुल ब्यानर छोपेर नेपाली कांग्रेसको ब्यानर राखिएको थियो ।

सो नगरपालिकाका भवनभरी नै कांग्रेसको झण्डा र ब्यानर टाँगेर कार्यक्रम गरिएपछि आलोचना भएको थियो भने त्यो सम्मेलनको प्रमुख अतिथि महामन्त्री गगन थापा थिए । उक्त नगरपालिकाका भवनभरी नै कांग्रेसको झण्डा र ब्यानर टाँगेर कार्यक्रम गरिएपछि आलोचना भएको थियो । त्यो सम्मेलनको प्रमुख अतिथि महामन्त्री गगन थापा थिए ।

त्यस्तै, बुधबार बिहान थापाले सामाजिक सञ्जालमार्फत् नगरपालिकाको ब्यानर छोप्नु र सम्मेलनको ब्यानर राख्नु गम्भीर लापरबाही भएको बताएका छन् । ‘यसबारे जानकारी नराख्नु र ध्यान नपुग्नु मेरो गल्ती हो । त्यसप्रति म माफी चाहान्छु,’ थापाले लेखेका छन्, ‘पार्टीका निम्ति यो एउटा सिकाइ भएको छ, आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौं ।’


प्रकाशित मिति: ४ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?