Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

सर्वोच्चको न्यायाधीशमा सिफारिस सबै ६ जनाको नाम संसदीय समितिबाट अनुमोदन


काठमाडौं। सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सबै ६ जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । सुनुवाइ समितिका सदस्य लिलानाथ श्रेष्ठले न्यायाधिशमा सिफारिस सबै ६ जनाको नाम अनुमोदन भएको जानकारी दिएका छन् ।

त्यस्तै, न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोख्रेल र बालकृष्ण ढकालको नाम मंगलबार बसेको सुनुवाइ समितिको बैठकले अनुमोदन गरेको हो ।

उनीहरुले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्ने छन् भने उनीहरुमाथि गत शुक्रबारदेखि सुनुवाइ सुरु भए सोमबार सकिएको थियो । त्यस्तै, नाम अनुमोदनका लागि बुधबार पुनः समितिको बैठक बोलाइएको थियो ।


प्रकाशित मिति: ४ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?