Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

परिणाममुखी काम गर्न मातहतका प्रमुखलाई मन्त्री रिजालको निर्देशन


३ ,पुष ,काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कुनै पनि कुतर्क नगरी परिणाममुखी काम गर्न मन्त्रालय मातहतका प्रमुखलाई निर्देशन दिएका छन् ।

मन्त्री रिजालले आज मन्त्रालयमा सचिव, सहसचिव, महानिर्देशक तथा मातहतका विभिन्न सार्वजनिक निकायका प्रमुखमाझ खरोरूपमा प्रस्तुत हुँदै यस्तो निर्देशन दिएका हुन् । आर्थिक वर्ष २०८०/८१ को मङ्सिर महिनासम्मको प्रगति समीक्षा गर्न आज मन्त्रालयमा बैठक बसेको थियो ।

देश विकास र जनताको काम गर्न कसैले पनि ‘तर, पनि, यदि’ जस्ता शब्द प्रयोग गरेर उम्कन नपाउने मन्त्री रिजालको भनाइ थियो । ‘कानुनविपरीत जाने हैन, सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्नुहोस्’, मन्त्री रिजालले भने, “आफ्ना कमीकमजोरीलाई ढाकछोप नगरी इमान्दारीका साथ काम गर्नुहोस्, कुनै पनि तर्क दिएर कसैले पनि काम टाल्न नखोज्नुहोस् ।’

देशको परिस्थिति, जनअपेक्षा र सरकारको अभिभारा बुझ्न मन्त्री रिजालले सबैलाई आग्रहसमेत गर्नुभयो । यो समयमा अपेक्षित काम हुन नसकेको भन्दै मन्त्री रिजालले भने, “तपाईंहरुको कामबाट म खुसी छैन, इमान्दारीका साथ परिणाममुखी काम नगर्ने हो भने नैतिकताको आधारमा बाहिरिने वातावरण बनाउनुहोस् ।” ‘विश्वासका साथ सबैलाई जिम्मेवारी दिइएको छ, त्यो जिम्मेवारी पूरा गर्नुस् ।”

ऐन कानुनले ढिलासुस्ती भएको छ भने त्यो पनि भन्न आग्रह गर्दै मन्त्री रिजालले त्यस्ता ढिलासुस्ती निरुपण गर्नेतर्फ आफ्नो ध्यान जाने र अब ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पारे ।

मन्त्रालयमा आर्थिक वर्ष २०८०/८१ को मङ्सिरसम्मको खर्चमा चालुतर्फ ३१ दशमलव शून्य दुई प्रतिशत अर्थात् एक अर्ब ५० करोड ३२ लाख, पुँजीगततर्फ ३ दशमलव शून्य छ प्रतिशत अर्थात् रु १० करोड १० लाख गरी कूल १९ दशमलव ७ एक प्रतिशत अर्थात् रु एक अर्ब ६० करोड ४२ लाख खर्च भएको छ ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?