Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

नेपाल दिगो विकासको लक्ष्य हासिल गर्न प्रतिबद्ध छ: मन्त्री साउद


काठमाडौं। परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले नेपाल दिगो विकासको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमले सार्वजनिक गरेको एशिया प्रशान्त क्षेत्रको मानक विकास प्रतिवेदन, २०२४ मा बोल्दै मन्त्री साउदले नेपालले दिगो विकास लक्ष्य हासिल गरेरै छोड्ने बताएका छन् ।

पछिल्लो समय जलवायु परिवर्तनको असर नेपालमा मानव विकास र भौतिक विकासमा बाधाको रूपमा देखिएको छ भने यो प्रतिवेदनले पनि उल्लेख गरेको छ । यसले गर्दा केही ढिलो हुने भन्ने आशङ्का गरे पनि सरकारको इमान्दार प्रयास निरन्तर रहने उनले बताए।

नेपालको आन्तरिक र बाह्य कारणले केही ढिलो जस्तो देखिए पनि नेपालले युवा लक्षित शिक्षा, सीपजस्ता कार्यक्रममा लगानी बढाउँदै गएकाले दिगो विकास लक्ष्य हासिल हुन सहज बन्दै गएको बताए ।

उक्त कार्यक्रममा संयुक्त, राष्ट्रिय सङ्घ विकास कार्यक्रमको नेपाल प्रमुख आइसाने मेडागाङ्गोडा लावेले प्रतिवेदनले एसिया प्रशान्त क्षेत्रको समग्र विषयमा तथ्य सार्वजनिक गरेको बताए । साथै प्रतिवेदनको निष्कर्ष धेरै हदसम्म नेपालको अवस्थासँग मिल्ने बताए ।

यो प्रतिवेदनले यस क्षेत्रमा सरकारलाई नीति तथा कार्यक्रम बनाउन फरक ढङ्गले सोच्नुपर्ने अवस्था आएको आइसानेले बताए । उनले सरकारले विकास निर्माणका कामसँगै मानवीय विकास र आवश्यकतालाई पनि उत्तिकै हेर्नुपर्ने पनि बताएका छन् ।


प्रकाशित मिति: ४ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?