Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

एमालेले आर्थिक–सामाजिक समृद्धिको विशाल खाका तयार पार्छ : सचिव भट्टराई


काठमाडौं। नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईले पार्टीले मुलुकको आर्थिक–सामाजिक समृद्धिको विशाल खाका तयार पार्ने बताएका छन् । पार्टीको मध्य पहाडी लोकमार्ग यात्राको क्रममा प्राप्त तथ्यहरूको आधारमा सो खाका तयारी पारी सरकारलाई दिने एमालेको योजना रहेको पनि उनले बताएका हुन् ।

त्यस्तै, न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै सचिव भट्टराईले सो यात्राको क्रममा आफूहरुले मध्य पहाडी क्षेत्रको विकासको सम्भावनालाई थेसिसको रूपमा ग्रहण गरेको र त्यसलाई विश्लेषण गरेर पार्टीले आगामी नीति तथा कार्यक्रमको रूपमा अघि बढाउने योजना रहेको समेत बताएका छन् ।

सचिव भट्टराईले भने, ‘एमालेको तर्फबाट अब हामी मध्य पहाडी क्षेत्रको आर्थिक, सामाजिक समृद्धिको एउटा विशाल प्रोजेक्ट, परियोजना हामी बनाउँछौँ । यो एउटा थेसिस बनायौँ हामीले । थेसिसका सबै डेटाहरू आए । अब यसलाई काठमाडौंमा बसेर संश्लेषण गर्छौँ, विश्लेषण गर्छौँ । र यसलाई एउटा डकुमेन्टेसन गर्छौँ र, यो मध्य पहाडी क्षेत्रको विशाल सम्भावनाको प्रोजेक्ट हुन्छ । यो प्रोजेक्ट हामी सरकारलाई पनि दिन्छौँ ।’

सचिव भट्टराईले सो यात्राको क्रममा मुलुकको सामाजिक सम्बन्धलाई बलियो बनाउने काम गरेको दाबी समेत गरेका छन् ।


प्रकाशित मिति: ४ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?