२७ असार, वीरगञ्ज । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको करिब ४० प्रतिशत काम सकिएको छ । परियोजनाअन्तर्गत दोस्रो चरणको काम हालसम्म करिब ४० प्रतिशत सकिएको र बाँकी काम तीव्ररूपमा अघि बढेको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए । परियोजनाको दोस्रो चरणअन्तर्गत भारतीय आयल
२७ असार, मोरङ । बैंकको कर्मचारी हुँ भन्दै बचतकर्ताको खातामा पहुँच पुर्याएर एक व्यक्तिले लाखौँ रकम आफ्नो खातामा रकमान्तर गरेका छन् । मोरङका २१ वर्षीय महमद मोजाहिद मियाँले बोनस प्राप्त हुने लोभ देखाएर पीडितको बैंक खातामा पहुँच पुर्याई रकम आफ्नो खातामा ट्रान्सफर गरी ठगी गरेको पाइएको हो । यसरी उनले अहिलेसम्म
२६ ,असार ,इस्लामाबाद । नगद सङ्कटमा परेको पाकिस्तानलाई साउदी अरबले दुई अर्ब अमेरिकी डलर प्रदान गरेको छ । विदेशी मुद्रा सञ्चिति निरन्तर घटेर जटिल आर्थिक परिस्थितितर्फ उन्मुख भएको पाकिस्तानलाई मङ्गलबार साउदी अरबबाट दुई अर्ब डलरको निक्षेप प्राप्त भएको हो । देशको आर्थिक सङ्कटबाट जोगाउन अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग यसै महिना
२६ ,असार ,कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ । असार १७ गतेदेखि प्रदेश सरकारका मन्त्रालय तथा निकायगत शीर्षकमाथिको छलफल सकिएपछि मुख्यमन्त्री राजकुमार शर्माले आफ्ना धारणासहित प्रदेशसभाको दोस्रो अधिवेशनअन्तर्गत आज बसेको २५औँ बैठकमा प्रदेश सदस्यले उठाएका प्रश्न एवं जिज्ञासाको जवाफ दिए ।
२६ ,असार ,बनेपा । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले पालिकाभित्रबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याउन सफल तीन जनालाई नगद ५० हजारका दरले पुरस्कार वितरण गरेको छ । पालिकाले रोशी–६ स्थित हरिसिद्धि माविबाट ३.७० जिपिए प्राप्त गरेका प्रशान्त तामाङ र वडा नं ११ स्थित पोक्रा माविबाट ३.५५ जिपिए प्राप्त गरेका छात्राहरू
२६ असार, काठमाडाैँ । हुलाक बैंकमा रहेका खाता एवं बचत रकम राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्न सुरु गरिएको छ। नेपाल सरकार, मन्त्रिपरिषद्को असार १२ गतेको निर्णयअनुसार मङ्गलबारदेखि हस्तान्तरणको प्रक्रिया सुरु भएको हो। असार २९ गतेसम्म हस्तान्तरणको प्रक्रिया चल्ने भएकाले सो अवधिसम्म हुलाक बचत खाताका कारोबार पनि रोक्का रहने छ। सरकारले नीति
२६ असार, भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा एक सय ५० शय्याको सुविधा सम्पन्न अस्पताल बनाउन नेपाल सरकार र गणतन्त्र कोरियाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाका राजदूत पार्क, ते–योङले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । संझौताअुनसार नेपाल–कोरिया मैत्री
२६ असार, काठमाडाैँ । आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। लगातार तीन दिनदेखि सुन र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १
२६ असार, एजेन्सी । सन् २०२२ मा करिब ९० प्रतिशत विदेशी मुद्रा कारोबारमा संलग्न रहेको अमेरिकी मुद्रामाथिको निर्भरता घटाउने उद्देश्यले बङ्गलादेशले मङ्गलबारदेखि भारतसँग भारतीय रूपैयाँ (भारू)मा कारोबार गर्ने तयारी गरेको डेली स्टारले जनाएको छ । बङ्गलादेश बैंक र भारतीय उच्चायोगले ढाकाको ‘ले मेरिडियन होटल’मा आयोजित एक कार्यक्रममा भारतीय मुद्रासम्बन्धी समाचार सार्वजनिक
२६ असार, एजेन्सी । ट्विटरको प्रतिद्वन्द्वीका रूपमा इन्स्टाग्रामले सुरु गरेको थ्रेड्स एपले पाँच दिनभन्दा कम अवधिमा १० करोडभन्दा बढी प्रयोगकर्ता पाएको छ । डेटा ट्र्याकिङ वेबसाइटहरूका अनुसार सबैभन्दा छिटो लोकप्रिय बनेको एप च्याट जिपिटीको कीर्तिमान थ्रेड्सले भङ्ग गरेको छ । च्याट जिपिटीलाई १० करोड प्रयोगकर्ता पुर्याउन दुई महिना र भिडियो एपका