Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

साताको पहिलो दिन ३८.३७ अङ्कले घट्यो शेयर बजार


२१ श्रावण, काठमाडाैँ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घटेर दुई हजार ५१ दशमलव ४७ बिन्दुमा कायम भएको छ ।

विभिन्न दुई सय ६५  कम्पनीका ८० लाख सात हजार तीन सय ६१ कित्ता शेयर ६१ हजार नौ सय १७ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ६८ करोड ७१ लाख ४८ हजार दुई सय ३४ मूल्यमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक दुई सय ३७ दशमलव ९६ र निर्जीवन बीमा समूहको उपसूचक दुई सय २२ दशमलव ६० अङ्कले घटेको छ । बैंकिङ समूह २२ दशमलव ३४, विकास बैंक ९७ दशमलव ५१, वित्त ६२ दशमलव २७, होटल तथा पर्यटन दुई सय एक दशमलव ३८ र जलविद्युत् समूह ४४ दशमलव ४९ अङ्कले घटेको छ । त्यस्तै, लगानी समूह शून्य दशमलव ८७, उत्पादन तथा प्रशोधन ८४ दशमलव ०१, लघुवित्त ६१ दशमलव ८२, म्युचुअल फन्ड शून्य दशमलव १५ व्यापार ६८ दशमलव २७ र अन्य समूह १७ दशमलव ०७ अङ्कले घटेको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ भने प्रोग्रेसिभ फाइनान्स लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा बैंक लिमिटेडको रू १२ करोड ६९ लाख ८२ हजार तीन सय तीन बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको चार लाख ४९ हजार सात सय ६१ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: २१ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?