Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

एनएमबी बैङ्कको खाताबाट ग्राहकको १ लाखभन्दा बढी रकम चोरी


२२ श्रावण, गोरखा । गोरखा सदरमुकाममा रहेको एनएमबी बैङ्कको खातामा रहेको ग्राहकको रकम चोरी भएको छ। आफू बैङ्कको कर्मचारी भन्दै ग्राहकलाई फोन गरेर खाता नवीकरणका लागि खाता नम्बर चाहिने भनी झुक्याएर ग्राहकको खातामा भएको रकम ‘ट्रान्सफर’ गरी चोरी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक एसपी अनुपम श्रेष्ठले जानकारी दिए।

बैङ्कबाट ग्राहकको खातामा रहेको एक लाख रुपियाँभन्दा बढी रकम ‘ह्याक’ गरेर अन्य बैङ्कको खातामा सारेको उनले बताए। गोरखा नगरपालिका–६, पाटेचौर निवासी एक महिलालाई फोन गरेर खाता पुरानो भएकाले नवीकरण गर्नुपर्छ भन्दै खाता नम्बर लिएको र पछि मोबाइलमा आएको ओटिपी कोडसमेत मागेर तत्कालै खाताको रकम चोरी गरेको एसपी श्रेष्ठले जानकारी दिए।

खाताबाट एक लाख तीन हजार ८८० रुपियाँ अन्य बैङ्कको खातामा ट्रान्सफर गरेको पीडित महिलाको भनाइ छ। उनले भने, फोनबाट बैङ्कको कर्मचारी बोलेको हुँ तपाईंको खाता पुरानो भएछ नवीकरण गर्नु पर्छ भन्दै पहिला खाता नम्बर माग्यो। त्यसपछि मेरो मोबाइलमा आएको कोड पनि चाहियो भनेर मागेर दिँदा खाताको रकम सबै झिकेको उनले बताए। खाताबाट पैसा चोरिएलगत्तै पीडित महिलाले जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएको एसपी श्रेष्ठको भनाइ छ।

ह्याकरले खाता ह्याक गरी खातामा भएको रकम तीन/चार वटा बैङ्कमा ट्रान्सफर गरेर अहिले ग्लोबल आइएमई बैङकमा पुर्याएको बताइएको छ। प्रहरीले घटनाको अनुसन्धानका लागि अदालतको अनुमति लिएर महिलालाई फोन गरिएको मोबाइल नम्बरको कल डिटेल लिई अनुसन्धान सुरु गरेको छ।

यसअघि जिल्लाको अजिरकोट गाउँपालिका लप्सीबोटका एक पुरुषको बैङ्क खातामा रहेको २६ हजार ९५० रुपियाँ पनि यसरी नै ह्याकरले झुक्याएर चोरी गरेको थियो। बैङ्कबाट भन्दै फोन गरेर खाता नम्बर मागेर हिसाब मिलेन भन्दै मोबाइलमा आएको कोड पठाउन भनेपछि कोड पठाउँदा रकम चोरी भएको ती व्यक्तिको भनाइ छ।

आफ्नो खाताको रकम चोरी गरी ज्योति विकास बैङ्कमा ट्रान्सफर भएको थाहा पाएपछि पुरुषले पनि प्रहरीमा उजुरी दिएका थिए। यसरी पैसा हराएको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखामा चार जनाको उजुरी परेको छ। अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख अनुपम श्रेष्ठले जानकारी दिनुभयो। केही दिनयता गोरखामा ठगीको नयाँ तरिका अपनाएकाले सचेत रहन गोरखावासीलाई जिल्ला प्रहरी कार्यालय गोरखाले आग्रह गरेको छ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?