Trending
>>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा >>   कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

नेपाल राष्ट्र बैंकले गर्यो कुमारी, प्राइम कमर्सियल र हिमालयन बैंकलाई कारबाही, के हो कारण ?


२२ श्रावण, काठमाैँ । नेपाल राष्ट्र बैंकले आ.व. २०७९-८० को चौथो त्रयमासमा ‘क’ वर्गका ३ वाणिज्य बैंक र बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ ।

राष्ट्र बैंकले तोकेका नियम तथा कार्यविधि पालना नगरेको पाइएपछि उक्त संस्था र प्रमुखहरूमाथि कारबाही गरिएको जानकारी दिइएको छ ।

कारबाहीमा पर्नेमा प्राइम कमर्सियल बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेड रहेका छन् ।

प्राइम कमर्सियल बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थालाई जारी गरिएको बमोजिम कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, Capital Adequency Framework 2015 अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविक भन्दा कम राखेको पाइएको छ ।

त्यस्तै, कुमारी बैंक लिमिटेडले ५९ लाख ६३ हजार ६९४ रूपैयाँ २२ पैसा (२०७९ माघ महिनामा कर्जा/निक्षेप अनुपात कायम नगरेको ) र हिमालयन बैंक लिमिटेडले १ करोड ३९ लाख ४७ हजार २८ रूपैयाँ २४ पैसा (२०७९ कार्तिक महिनामा कर्जा/निक्षेप अनुपात कायम नगरेको) पाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

 

 

 

 


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?