Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

नेपाल राष्ट्र बैंकले गर्यो कुमारी, प्राइम कमर्सियल र हिमालयन बैंकलाई कारबाही, के हो कारण ?


२२ श्रावण, काठमाैँ । नेपाल राष्ट्र बैंकले आ.व. २०७९-८० को चौथो त्रयमासमा ‘क’ वर्गका ३ वाणिज्य बैंक र बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ ।

राष्ट्र बैंकले तोकेका नियम तथा कार्यविधि पालना नगरेको पाइएपछि उक्त संस्था र प्रमुखहरूमाथि कारबाही गरिएको जानकारी दिइएको छ ।

कारबाहीमा पर्नेमा प्राइम कमर्सियल बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेड रहेका छन् ।

प्राइम कमर्सियल बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थालाई जारी गरिएको बमोजिम कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, Capital Adequency Framework 2015 अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविक भन्दा कम राखेको पाइएको छ ।

त्यस्तै, कुमारी बैंक लिमिटेडले ५९ लाख ६३ हजार ६९४ रूपैयाँ २२ पैसा (२०७९ माघ महिनामा कर्जा/निक्षेप अनुपात कायम नगरेको ) र हिमालयन बैंक लिमिटेडले १ करोड ३९ लाख ४७ हजार २८ रूपैयाँ २४ पैसा (२०७९ कार्तिक महिनामा कर्जा/निक्षेप अनुपात कायम नगरेको) पाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

 

 

 

 


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?