१८ चैत ,बागमती । हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने छोटो दूरीका दुई सडक स्तरोन्नतिका लागि बन्द गरिएका छन् । चित्लाङ–चन्द्रागिरि–थानकोट सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक स्तरोन्नतिका क्रमका बन्द गरिएका हुन् । थाहा नगरपालिका प्रमुख विष्णु विष्टका अनुसार सडक स्तरोन्नति एवं मर्मतकार्य जारी रहेकाले अर्को सूचना नभएसम्मका लागि सडक बन्द गरिएको
१८ चैत ,काठमाडौँ । मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । सरकारले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिमको आयोग गठन गर्ने भएको हो । गृह मन्त्रालयमा आज सरकार र आन्दोलनरत मिटरब्याज पीडित सङ्घर्ष समितिबीच भएको पाँच बुँदे सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद्को बैठकले उक्त आयोग गठन
१८ चैत ,काठमाडौँ । काठमाडौँको ठमेलमा सप्ताहव्यापी कला प्रदर्शनी सुरु भएको छ । लायन्स क्लब अफ काठमाडौँ फाइन आर्टको आयोजना तथा होटल आर्ट ठमेलको सहकार्यमा शुक्रबारदेखि सुरु भएको उक्त कला प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गरे । कार्यक्रममा उनले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले यसलाई
१६ चैत ,काठमाडौँ । मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।बैठकमा मन्त्रालयको भागवण्डा टुङ्गो लगाउनेबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जनता
१५ चैत्र, काठमाडाैँ । चलचित्र विकास बोर्डले हटलाइन नम्बरसहितको ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ । मंगलबार बोर्डमा आयोजित पत्रकार सम्मेलनमा प्रविधि विकासको काम सुरू भएको र साइबर सुरक्षासँगै डिजिटल प्रविधिमा लैजाने योजना ‘डेमोस्ट्रेसन’ गरिएको बोर्ड अध्यक्ष भुवन केसीले बताए । “टिकटक, युट्युब र फेसबुकजस्ता सामाजिक सञ्जालका माध्यमबाट
१४ चैत्र ,वीरगञ्ज । नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश समिति, सामुदायिक रेडियो प्रसारक सङ्घ र टेलिभिजन प्रसारक सङ्घले मधेस प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । मधेस प्रदेश सरकारका सञ्चारसम्बद्ध निकायलाई पूर्णरूपमा स्वायत र अधिकारसम्पन्न बनाउनुपर्ने, विपद्बाट आइपर्ने समस्यासँग जुध्न प्रदेश सरकारले सञ्चारमाध्यमका लागि छुट्टै विपद् व्यवस्थापन कोषको स्थापना गर्नुपर्नेलगायतका मागसहित
१३ चैत्र ,गण्डकी । गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ । प्रदेशभरका
१३ चैत्र ,कैलाली। कैलालीमा विद्युत् अनियमित हुँदा नागरिकलाई समस्या भएको छ । पछिल्ला दिनमा पटकपटक बत्ती झ्याप्पझ्याप्प जान थालेको छ । यसबाट मेसिनरी सामान बिग्रन थालेका छन् भने विद्यार्थीलाई समेत समस्या भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसइई) को तयारीमा रहेकी टीकापुरकी सीमा खत्री साँझको समयमा जाने बिजुलीका कारण समस्यामा
१२ चैत्र ,डुम्रे । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने समय थप गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशीराम गैरेले उक्त सडकखण्ड थप १९ दिन बन्द गरिने भएको जानकारी दिएका हुन् । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डअन्तर्गत विमलनगरदेखि घाँसीकुवा खण्डमा मर्मतका लागि चैत
१२ चैत्र ,झापा । मुठ्ठीदान र दाताको भरमा सञ्चालित धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरकारको दिवा खाजा पाएका छैनन् । मेचीनगर–१५ मा सञ्चालित ओमकारेश्वर संस्कृत गुरुकुलका प्राचार्य निरोज खनालले कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेका गुरुकुल विद्यालयमा दिवा खाजाको व्यवस्था नगरेकामा गुनासो गरे । भोजनका रूपमा बिहान र बेलुका दाल, भात र रोटी