Trending
>>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा >>   राष्ट्रिय लिगमा चर्च ब्वाइजको चौथो जित, चित्लाङको चौथो बराबरी >>   गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री कार्की >>   जेन–जी परिषद् गठन गर्ने सरकारको निर्णय >>   उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह >>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

इलाम साहित्य महोत्सव


२८ चैत ,मङ्गलबारे । ‘पर्यटनका लागि साहित्य’ नाराका साथ सञ्चालन भएको इलाम साहित्य महोत्सव सम्पन्न भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्र आयोजनामा महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा साहित्यको अवस्था, नयाँ पुस्ताको झुकाव तथा साहित्यसँगै जोडिएका विषयवस्तुबारे विश्लेषण गरिएको थियो । महोत्सवको पहिलो दिन राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेलको ‘अङ्क, अर्थ र आध्यात्म’ विषयमा प्रस्तुति रहेको थियो । यस्तै नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल, नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे र लेखक खगेन्द्र सङ्ग्रौलाबीच ‘राजनीतिमा एजेण्डा कि अनुहार’ विषयमा राजनीतिक बहस भएको थियो ।

युवराज अधिकारी, विश्वविमोहन श्रेष्ठ र सविता गौतम दाहालबीच ‘लेखन सफल कि सार्थक’ विषयमा संवाद चलेको थियो । कवित्रय तीर्थ श्रेष्ठ, लीला अनमोल र भूपिन बीचमा ‘कवितामा स्थानीय चेत’का विषयमा संवाद भएको थियो । कुमार नगरकोटीले कविता वाचन गरेका थिए ।

साहित्यका माध्यमबाट समेत पर्यटन विकास गर्न सकिन्छ भन्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताए । साथै साँझ विभिन्न जिल्लाबाट आउनुभएका गजलकारले गजल वाचन गरेका थिए ।

महोत्सवमा क्यानभास क्लेवरा कार्यक्रम राखिएको थियो । यसमा इलामस्थित चियाबारीमा चित्रकारले लोपोन्मुख रेडपान्डाको चित्रकला बनाएका थिए । रेडपान्डाको संरक्षणबारे चेतना जगाउन चित्रकला प्रदर्शन गरिएको थियो ।

ढुङ्गा प्रचारका लागि माङमालुङ महोत्सव इलामको माङसेबुङ गाउँपालिकास्थित माङमालुङमा बढेमानको ढुङ्गा रहेको छ । यसलाई औँलाले हल्लाउन सकिन्छ । सो ढुङ्गा तथा यस क्षेत्रका पर्यटकीयस्थल र कृषि क्षेत्रको प्रवद्र्धनका लागि यहाँ माङमालुङ कृषि तथा पर्यटन महोत्सव आयोजना गरिएको छ । ढुङ्गाको छुट्टै आकर्षण छ । यसलाई चक्रशिला भन्ने गरिएको छ । गोही आकारको ढुङ्गामाथि अडिएर रहेको सो ढुङ्गालाई औँलाले सजिलै हल्लाउन सकिन्छ । तर वरपर भने सार्न सकिँदैन ।

महोत्सव आयोजक समितिका सचिव कमल कार्कीका अनुसार आगामी वैशाख १ र २ गते महोत्सव हुँदै छ । महोत्सवमा स्थानीय कृषि उपज तथा सामग्री बिक्री–वितरण गरिनेछ । स्थानीयस्तरमा उत्पादन भएका वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनका लागि महोत्सवबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

एक लाख ५० हजारभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुति रहने समितिका अध्यक्ष किरणकुमार राईले जानकारी दिए ।


प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?