Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

बालमैत्री नगर घोषणाको तयारी


२६ चैत ,धुलिखेल । बालमैत्री नगर घोषणाको तयारीमा नमोबुद्ध नगरपालिका जुटेको छ । बालमैत्री नगर घोषणाको तयारी स्वरुप नगरप्रमुख कुन्साङ लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, वडाध्यक्षसहितको टोलीले नेपालको पहिलो बालमैत्री नगर सुनवल पुगेर यसको तयारी र दिगोपना लगायतका विविध पक्षबारे जानकारी लिएका थिए ।

सनुवलमा विभिन्न जानकारी लिएर फर्किएको टोलीले सम्बन्धित गतिविधिलाई तीव्रता दिएको नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिए । उनका अनुसार नगरपालिकास्तरीय बाल सञ्जालको बैठक बसेर विभिन्न कार्यक्रम तय गरिएका छन् ।

सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक तोकिएको र ११ वटा वडामा बालमैत्री वडा समिति र बालअधिकार वडा समिति पुनःगठन भइसकेका छन् । नगरपालिकाले हालै ४० सामुदायिक विद्यालय र ६ संस्थागत विद्यालयमा बालमैत्री सूचकको अनुगमन गरेको छ ।

शिक्षासँग सम्बन्धित सूचकको अवस्थाबारे सबै विद्यालयमा अनुगमन गरिएको शिक्षा शाखा प्रमुख वुद्धिराज अर्यालले जानकारी दिए । अवस्था पत्ता लागेपछि सुधारको लागि योजना निर्माण गरिने पनि उनले जानकारी दिए । नगरपालिकाले आज नगरका सामुदायिक विद्यालयका बालमैत्री शिक्षक र नगरका कर्मचारीलाई बालमैत्री अभियान बारेमा अभिमुखिकरण सञ्चालन गरिएको छ ।

चैत २७ गते जनप्रतिनिधि र वडा सचिवलाई बालमैत्री अभियानबारे अभिमुखिकरण गर्ने कार्यक्रम छ । बालमैत्रीसम्बन्धमा स्थानीय शासनका विज्ञ रहेका नेपाल सरकारका पूर्वसचिव रेश्मीराज पाण्डेलगायत कार्यपत्र प्रस्तुत गरेका थिए ।

घोषणाको लागि बाल बचाउ, संरक्षण, विकास, संस्थागत सहभागितासम्बन्धी ५१ सूचक पूरा गरेको हुनुपर्छ । आज अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै नगर उपप्रमुख रत्नबहादुर लामाले बालमैत्री अभियानलाई सबै सरोकारवालाको सहयोगले सफल बनाउने अठोट व्यक्त गरे ।

प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले अभियानअन्तर्गत विभिन्न गतिविधि सञ्चालन गरिएको भन्दै सबै सरोकारवालाको उत्तिकै सहयोग आवश्यक भएको तर्क गरे ।


प्रकाशित मिति: २६ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?