Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

नयाँ वर्षमा भुर्जुङ खोला तातोपानी माउण्टेन बाइक रेस


२७ चैत ,कास्की । वातावरण जोगाउन धुवाँरहित साइकल चढ्न प्रेरित गर्ने उद्देश्यले नयाँ वर्षको दिन कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा ‘भुर्जुङखोला तातोपानी माउण्टेन बाइक रेस’ हुने भएको छ ।

‘स्वच्छ वातावरण, स्वस्थ जीवन’ को नारासहित औद्योगिक विकासले वायुमण्डलमा प्रतिदिन बढिरहेको धूलो र धुवाँले पृथ्वीको तापक्रम बढ्दै गइरहेकाले सबैमा साइकल चढ्न अभिप्रेरित गर्ने र माछापुच्छ्रे गाउँपालिकाको प्राकृतिक तथा पर्वतीय पर्यटनको प्रचारप्रसारका लागि सो दौड हुन लागेको हो ।

ग्रीनफोर्स युवा क्लबले माउण्टेन बाइक रेससहित अन्य विविध कार्यक्रम आयोजना गरेको हो । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बाइक रेसका विजेताले रु ३० हजार, उपविजेताले रु २० हजार, तृतीयले रु १० हजार र सान्त्वनाले रु पाँच हजार पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष रामप्रसाद गुरुङले बताए । पोखरा–१९ लामाचौरबाट सुरु हुने दौड भुर्जुङखोला, चौर, तातोपानी, धिप्राङ टुसे, घाचोक, लाहाचोक, खोराकोमुखबाट फर्किएर पुरुनचौरको भारतीभवन विद्यालय हुँदै भुर्जुङखोलामा आएर समापन हुनेछ ।

पर्वतीय साइकल दौडले माछापुच्छ्रे गाउँपालिकाका आठ वटा वडा र ५० किमी दुरी तय गर्ने दौडका माउण्टेन बाइक रेसका संयोजक माधव आचार्यले बताए । क्लबको १५औँ वार्षिकोत्सवका अवसर पारेर कार्यक्रम आयोजना हुन लागेको हो ।

पाँच दिनसम्म सञ्चालन हुने कार्यक्रममा भुर्जुङखोला तातोपानी माउण्टेन बाइक रेससहित पुरुष तथा महिला भलिबल प्रतियोगिता, भेट्रान भलिबल, छेलो, म्युजिकल चेयरलगायत कार्यक्रम हुनेछन् । पुरुष भलिबलको विजेताले रु ९९ हजार नौ सय ९९, द्वितीयले रु ५५ हजार पाँच सय ५५ नगद पुरस्कार पाउनेछन् ।

माछापुच्छ्रे–२ भुर्जुङखोला पोखराको बगरदेखि १२ किमी उत्तरमा पर्दछ । यस स्थानमा प्राकृतिक वरदानका रूपमा तातोपानी कुण्ड छ । खारपानीस्थित सेती नदी किनारमा रहेको तातोपानी नुहाउनका लागि आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । हिउँदयाममा यहाँ कृषि सहकारीमार्फत एक र निजीस्तरबाट दुई स्थानमा विश्वकै प्रसिद्ध रेन्बो ट्राउट माछापालन केन्द्र छन् ।

आन्तरिक तथा बाह्य पर्यटकलाई गुरुङ गाउँ काभ्रे गाउँमा होस्टे सञ्चालन गरिएको सोही वडाका वडाध्यक्ष गणेश आचार्यले बताए । उनले भने, “यस क्षेत्रमा विभिन्न जातजातिका आआफ्नै वेशभूषा, भाषा र संस्कति छन् । संस्कृति बढ्दो सहरीकरणसँगै लोप हुने अवस्थामा पुगेकाले मेलामार्फत संस्कृति संरक्षण र संवर्द्धनमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

भुर्जुङखोलाको भराभरीमा ढुङ्गाखानी, दलाममा महभिर, घलेखर्क लघुजल विद्युत् गृह, खादरजुँगको मौलाकोट, घोप्टेडाँडा, सिल्दु देउरालीमाई, भुर्जुङखोलाको मुल्का बराहथान, मनोरम छहरा र घाचोकको एकनासे भीरले स्वदेशी तथा विदेशी पर्यटकको मन जितेको छ ।

ग्रीन फोर्स युवा क्लबले यसअघि जलवायु परिवर्तनबाट हुने असरलाई न्यूनीकरण गर्न नमूना कार्यक्रमका रूपमा पीपल प्रवर्द्धन कार्यक्रम गरेको थियो ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?