२३ चैत्र, इटहरी । नेपालका अग्रणी बैंकहरूमध्ये एक एनआईसी बैंकले ऋणीहरूको घरमा सुरूक्षा गार्ड राख्न थालेको छ । ऋण लिएर समयमा ब्यान नतिर्नेहरूको घरमा बैंकले पोशाक सहितका सुरक्षा गार्डहरू पठाएको हो । बैंकले गार्ड पठाएका घरहरू लिलामीको प्रक्रियामा गइसकेको बुझिएको छ । पछिल्लो समय एनआईसी बैंकले इटहरीका विक्रम तिम्सिनाको घरको
२२ चैत ,गण्डकी । पोखरा महानगरपालिकाले किसानको वर्गीकरण गरी परिचयपत्र वितरण सुरु गरेको छ । कृषिका योजना तथा कार्यक्रमलाई व्यवस्थित गर्न किसानको वर्गीकरण गरिएको हो । उद्यमी, व्यावसायिक, व्यवसायउन्मुख, जीविकोपार्जन र सामान्य गरी पाँच किसिमबाट किसानको अवस्था वर्गीकरण गरी परिचयपत्र दिन सुरु गरिएको हो । महानगरको कृषि तथा आर्थिक विकास
२२ चैत ,लुम्बिनी । लुम्बिनीमा दानको रूपमा जम्मा भएको विदेशी मुद्रा सटही हुने भएको छ । लामो समयदेखि सटही नभएको विदेशी मुद्रा सटही गर्न नेपाल राष्ट्र बैंक सिद्धार्थनगर र लुम्बिनी विकास कोषबीच सम्झौता भएको छ । बुधबार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायममुकायम निर्देशक शान्तिप्रसाद पाण्डेबीच लुम्बिनीमा
२२ चैत ,लुम्बिनी । अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा भोलि बुद्ध जन्मस्थल लुम्बिनीमा म्याराथन प्रतियोगिता आयोजना हुनेभएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा शान्तिको कामना गर्दै अन्तर्राष्ट्रिय पिस म्याराथन–२०२३ आयोजना हुन लागेको हो । लुम्बिनी प्रदेश खेलकुद परिषद् र नेपाल ओलम्पिक
२२ चैत्र, पोखरा । होटल सङ्घ पोखराको आयोजनामा यही चैत २९, ३० र वैशाख १ गते पोखरामा १८औँ फेवा नववर्ष महोत्सव हुने भएको छ । कोभिड–१९ लगायतका कारणबाट प्रभावित पर्यटन व्यवसायको पुनरुत्थान गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवरद्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए
२२ चैत्र, चितवन । चितवन- २ बाट उपनिर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम रहेको छ । उनको उम्मेदवारीविरूद्ध परेका तीन दाबी विरोध रित नपुगेको भन्दै खारेज भएपछि लामिछानेको उम्मेदवारी कायम रहेको हो । लामिछानेविरूद्ध प्रतिस्पर्धी सहित युवराज सफलले दाबी विरोध गरेका थिए । तर, युवराज
२२ चैत्र, चितवन । धुर्मुस–सुन्तली फाउण्डेशनले आर्थिक संकलन गर्न नसकेर अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने भएको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले रङ्गशाला बनाउने निर्णय गरेसँगै रङ्गशाला बन्नेमा स्थानीय आशावादी भएका हुन् । भरतपुर महानगरपालिकाले फाउण्डेशनलाई निर्माणका लागि सम्झौता गरेको भएपनि ठूलो रकम बक्यौता तीर्नुपर्ने अवस्था आएपछि फाउण्डेशन पछाडि
२२ चैत्र, लुम्बिनी । विद्युत् प्राधिकरणले लुम्बिनी प्रदेशसभाको लाइन काटिदिएको छ । लामो समयसम्म महसुल नतिरेपछि प्राधिकरणले सदन सुरू हुनु केही समयअगाडि लाइन काटिदिएको हो । प्राधिकरणले लाइन काटेपछि जेनेरेटर चलाएर बैठक सुरू गरिएको थियो । लुम्बिनी प्रदेशसभाको बैठक तीन महिनापछि मंगलबार बसेको हो । उक्त प्रदेशसभाको विद्युत महसुल कस्ले तिर्ने
२२ चैत्र, बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गानमा सयौं थुंगाभन्दा अगाडिको धुन हटाउन माग गरेका छन् । उनले सरकारसँग यसका लागि ध्यानाकर्षण गराएका हुन् । बारामा हुने उपनिर्वाचनको सभामा बोल्दै ओलीले राष्ट्रिय गान जस्तो कुरामा सरकारले गम्भीर ध्यान दिनुपर्ने बताए । उक्त कार्यक्रममा उनले भने,'राष्ट्रिय गान गाउँदा
२२ चैत्र, दमौली । आगामी वैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नं. १ का उम्मेदवारहरुले चुनावी अभियान थालेका छन् । सोमवार उम्मेदवारी दर्ता गराएसँगै उनीहरुले चुनावी गतिविधिलाई तीव्र पारेका छन् । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले सम्पर्क कार्यालय स्थापना गरेर अभियान सुरुआत गरेका छन्। व्यास नगरपालिका-३ निमचोकमा स्थापना गरिएको