Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

समयमा किस्ता नबुझाउने ऋणीको घरमा एनआईसी बैंकले खटायो सुरक्षा गार्ड


२३ चैत्र, इटहरी । नेपालका अग्रणी बैंकहरूमध्ये एक एनआईसी बैंकले ऋणीहरूको घरमा सुरूक्षा गार्ड राख्न थालेको छ । ऋण लिएर समयमा ब्यान नतिर्नेहरूको घरमा बैंकले पोशाक सहितका सुरक्षा  गार्डहरू पठाएको हो ।

बैंकले गार्ड पठाएका घरहरू लिलामीको प्रक्रियामा गइसकेको बुझिएको छ ।

पछिल्लो समय एनआईसी बैंकले इटहरीका विक्रम तिम्सिनाको घरको गेटमा सुरक्षा गार्ड पठाएको छ । उनले लिएको ऋणको साँवा र ब्याज नतिरेको भन्दै बैंकले घर जग्गाको लिलामीका लागि सुचना जारी गरेको छ ।

घरमालिक विक्रमले यसबारे जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो घर अगाडि उभिएको ड्युटी जवान नेपाल प्रहरी नभएर एनआईसी एशिया बैंकले सेक्युरिटी गार्ड रहेको जानकारी गराउँछु ।’

उनले बैंकको यस कदमप्रति कुनै गुनासो नरहेको पनि प्रष्ट पारेका छन् । आफुले समयमा नै किस्ता बुझाउन नसक्दा बैंकले आफ्नो काम गरेको रूपमा लिएका छन् ।

‘समयमा किस्ता बुझाउन नसक्दा बैंकले आफ्नो काम गरेको हो, यसमा मेरो गुनासो छैन, गार्डले राम्रो हेरदेख गरिदिएको छ ।’ उनले लेखेका छन् ।


प्रकाशित मिति: २३ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?