Trending
>>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

समयमा किस्ता नबुझाउने ऋणीको घरमा एनआईसी बैंकले खटायो सुरक्षा गार्ड


२३ चैत्र, इटहरी । नेपालका अग्रणी बैंकहरूमध्ये एक एनआईसी बैंकले ऋणीहरूको घरमा सुरूक्षा गार्ड राख्न थालेको छ । ऋण लिएर समयमा ब्यान नतिर्नेहरूको घरमा बैंकले पोशाक सहितका सुरक्षा  गार्डहरू पठाएको हो ।

बैंकले गार्ड पठाएका घरहरू लिलामीको प्रक्रियामा गइसकेको बुझिएको छ ।

पछिल्लो समय एनआईसी बैंकले इटहरीका विक्रम तिम्सिनाको घरको गेटमा सुरक्षा गार्ड पठाएको छ । उनले लिएको ऋणको साँवा र ब्याज नतिरेको भन्दै बैंकले घर जग्गाको लिलामीका लागि सुचना जारी गरेको छ ।

घरमालिक विक्रमले यसबारे जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो घर अगाडि उभिएको ड्युटी जवान नेपाल प्रहरी नभएर एनआईसी एशिया बैंकले सेक्युरिटी गार्ड रहेको जानकारी गराउँछु ।’

उनले बैंकको यस कदमप्रति कुनै गुनासो नरहेको पनि प्रष्ट पारेका छन् । आफुले समयमा नै किस्ता बुझाउन नसक्दा बैंकले आफ्नो काम गरेको रूपमा लिएका छन् ।

‘समयमा किस्ता बुझाउन नसक्दा बैंकले आफ्नो काम गरेको हो, यसमा मेरो गुनासो छैन, गार्डले राम्रो हेरदेख गरिदिएको छ ।’ उनले लेखेका छन् ।


प्रकाशित मिति: २३ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?