१९ असार ,महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाले किसानलाई सहयोगी कृषि सामग्री वितरण गरेको छ । तरकारी बालीको नयाँ पकेट कार्यक्रमअन्तर्गत मटिहानी–६ का ४० किसानलाई नगरपालिकाको कृषि शाखाले कृषि सामग्री वितरण गरेको हो । किसानलाई सिँचाइ प्रयोजनका लागि मोटर, डेलिभरी पाइप, औषधि छर्कने स्प्रे ट्याङ्की, गटोर स्प्रे, कोदालो, जैविक मल र
१९ असार ,काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ । गाउँपालिकाको सातवटै वडालाई निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा भएपछि पालिकालाई निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिएको जनाइएको छ । गाउँपालिकामा बालबालिकाको विवरण सङ्कलन गरी चार वर्ष पूरा भई १३ वर्ष उमेर पुगेका सबै बालबालिका विद्यालयको पहुँचमा
१९ असार ,बलेवा । वर्षासँगै आएको बाढी र पहिराका कारण बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो । सोमबार रातिदेखि सुरु भएको वर्षासँगै दव्ल्याङमा पहिरो खसेको हो । तीन वर्षअघिदेखि सुरु भएको पहिराले हिउँदमा सामान्य वर्षा
१९ असार ,त्रिवेणी । पहिरो पन्छाउन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात सञ्चालन हुनसकेको छैन । जिल्लाको पहाडी क्षेत्रका लागि यातायात सञ्चालन हुने मुख्य सडक मार्गको ठाउँ–ठाउँमा पहिरो खसेर यातायात पूर्णरूपमा अवरुद्ध भएको हो । दलदले–कुसोत–पोखरी खण्डअन्तर्गत कुमसोत–पोखरी खण्डमा खसेको पहिरो पन्छाउन नसक्दा यातायात सञ्चालनमा कठिनाइ
१८ असार ,नेपालगन्ज । बाँके क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य किशोर सिंह राठौरले बाँके जिल्लालाई शैक्षिक हब बनाउन विशेष पहल गर्ने बताएका छन् । सोमबार नेपालगन्जमा लुम्बिनी प्राबिधिक बिश्वबिद्यालयको प्रथम बार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मध्य र सुदूरपश्चिमको गन्तव्यका रुपमा रहेको बाँके जिल्लालाई सरकारले शैक्षिक हबका रुपमा विकास गर्न
१८ असार ,झापा । झापामा बर्सेनि जङ्गली हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । जङ्गलमा घाँस काट्ने क्रममा, घरमै सुतिरहेको अवस्थामा र चिया बगानमा मानिस जङ्गली हात्तीको निशानामा पर्ने गरेका छन् । झापाकै सामुदायिक वनमा रहेका रैथाने हात्ती र दैनिक बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने भारतीय जङ्गली हात्तीले
१८ असार ,नेपालगञ्ज । बाँकेमा अहिलेसम्म ‘लम्पी स्किन’ को सङ्क्रमण भएका पशुमा लगाउने खोपको प्रबन्ध भएको छैन । सो सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशु मरिसकेका छन् । जिल्लामा करिब सात हजार पशु सङ्क्रमित भएका छन् । पशु पालक किसान समयमा खोप नपाउँदा ठूलो आर्थिक नोक्सानी व्यहोर्न बाध्य छन् । केही
१८ असार ,सप्तरी । दुर्घटनामा घाइते सप्तरीका प्राडा पञ्चदेव यादवको ६३ वर्षको उमेरमा आज निधन भएको छ । नेपाल राष्ट्रिय प्राध्यापक सङ्घ मधेस प्रदेशका अध्यक्ष एवं महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका प्राडा यादवको उपचारका क्रममा निधन भएको परिवारका सदस्यले बताएका छन् । प्राडा यादवको साढे एक महिनादेखि विराटनगरस्थित नोबेल अस्पतालमा
१८ असार, हेटाैँडा । बागमती प्रदेशसभामा विनियोजित बजेटमाथि छलफल प्रारम्भ भएको छ । आज अपराह्न बसेको बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथिको छलफल शुरु भएको हो । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले बजेटमाथिको छलफलको क्रममा प्रदेशसभाका सदस्यहरूले उठाएको जिज्ञासाप्रति उत्तर दिँदै सरकारले आगामी आव २०८०/८१ का लागि ल्याएको बजेट सन्तुलित
१८ असार, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विकास समाज रुपान्तरणको महत्वपूर्ण प्रक्रिया भएको बताएका छन् । उनले विकासले विनाश ल्याउँदा त्यसलाई रुपान्तरण गर्न नसकिने बताए । आज सुर्खेतको वीरेन्द्रनगरमा कर्णालीको विकास निर्माणसम्बन्धी समसामयिक विषयमा आयोजित बहस कार्यक्रममा उहाँले राज्यले समाज रुपान्तरणका लागि प्रक्रियामुखी नभई कार्यमुखी भएर जानुपर्नेमा