Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

बाँके जिल्लालाई ‘शैक्षिक हब’ बनाउन सकिन्छ : किशोरसिंह राठौर


१८ असार ,नेपालगन्ज । बाँके क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य किशोर सिंह राठौरले बाँके जिल्लालाई शैक्षिक हब बनाउन विशेष पहल गर्ने बताएका छन् ।

सोमबार नेपालगन्जमा लुम्बिनी प्राबिधिक बिश्वबिद्यालयको प्रथम बार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मध्य र सुदूरपश्चिमको गन्तव्यका रुपमा रहेको बाँके जिल्लालाई सरकारले शैक्षिक हबका रुपमा विकास गर्न विशेष ध्यान दिनुपर्ने बताए । नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका राठौरले हुने खानेका छोराछोरी काठमाडौं लगायत अन्य क्षेत्रमा गएर अध्ययन गरे पनि यस प्राविधिक विश्वविद्यालयले गरिव र निम्न वर्गका जनताले बाँकेमै पाविधिक शिक्षा पाउने बताए ।

पछिल्लो समय प्राविधिक शिक्षाको आवश्यकता बारे बोल्दै राठौरले भने कोरा शिक्षाले वेरोजगार उत्पादन गर्ने भएकाले अहिलेको आवश्यकता प्राविधिक शिक्षा नै भएको जिकिर गरे । उनले भने “बाँकेवासीको लागि विश्वविद्यालय स्थापना हुनु गर्वको कुरा हो । राम्रा विद्यार्थी उत्पादन गर्नका लागि शिक्षा क्षेत्रको सुधार गर्नुपर्ने आवश्यकता रहेका छ । नेपालगन्जमा अध्ययन गर्ने विद्यार्थीलाई अन्यत्र अध्ययन गरेका विद्यार्थीहरु भन्दा गुणस्तरीय शिक्षाका साथै राम्रो अंक ल्याउने बनाउन विश्वविद्यालयले शिक्षाको स्तर कसरी वृद्धि गर्न सकिन्छ धेरै काम गर्न आवश्यक रहेको छ ।”

प्राविधिक विश्वविद्यालय निर्माण हुनु हामी सबैको लागि खुसीको कुरा भएको भन्दै उनले शिक्षामा बजेट लगानी गर्न सरकारले कन्जुस्याई गर्न नहुने कुरामा सरकारको ध्यानाकर्षण गराए ।

यस्तै लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले यो विश्वविद्यालय लुम्बिनी प्रदेशको गौरवको योजना भएकोले यसलाई आवश्यक बजेट तथा नीति निर्माण गर्नमा प्रदेश सरकारको ध्यान रहने कुराको आश्वासन दिए । मुख्यमन्त्री चौधरीले विश्व विद्यालयका लागि सेवा समिति समेत नियुक्त गरीसकेको र अव अन्य कुराहरु कमश पूर्णता दिदै लैजाने बताए ।

कार्यक्रम लुम्बिनी प्रदेशका पुर्ब मुख्यमन्त्री कुल प्रसाद केसी, प्रतिनिधिसभा सदस्य दिपा शर्मा, लुम्बिनी प्रदेश सामाजिक बिकास मन्त्री चन्द्रकेश सिके गुप्ता, प्रदेशसभा सदस्य सन्जु कुमारी थारु लगायत बाँके, बर्दियाका स्थानीय तहका मेयर उप–मेयर, अध्यक्ष उपाध्यक्ष, राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार लगायतको उपस्थितिमा रहेको थियो ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?