Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

किसानलाई कृषि सामग्री वितरण


१९ असार ,महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाले किसानलाई सहयोगी कृषि सामग्री वितरण गरेको छ । तरकारी बालीको नयाँ पकेट कार्यक्रमअन्तर्गत मटिहानी–६ का ४० किसानलाई नगरपालिकाको कृषि शाखाले कृषि सामग्री वितरण गरेको हो ।

किसानलाई सिँचाइ प्रयोजनका लागि मोटर, डेलिभरी पाइप, औषधि छर्कने स्प्रे ट्याङ्की, गटोर स्प्रे, कोदालो, जैविक मल र भदौरे तरकारीको बीउसहितका सामग्री नगरप्रमुख हरिप्रसाद मण्डलले सोमबार वितरण गरे ।

मटिहानी–५ तरकारी उत्पादनमा जिल्लाकै ‘पकेट’ क्षेत्रका रूपमा मानिदै आइएको छ । यहाँ करिब २० हेक्टर क्षेत्रफलमा ४० परिवार किसानले व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका कृषि शाखा प्रमुख टङ्कप्रसाद उपाध्यायले जानकारी दिए ।

मटिहानी–६ मा बर्सेनि न्यूनतम एक करोड मूल्यको तरकारी बिक्री हुँदै आएको शाखाले जनाएको छ । तरकारी खेतीमा लागेका किसानले खेतीका लागि आधारभूत कृषि सामग्री (बीउ, मल र कृषि ज्यावल/उपकरण) पाएपछि राहत महसुस गरेका छन् ।

कृषि शाखाले मखान खेतीका एक सय किसानलाई मखानको बजारीकरणमा सहयोग पुग्ने सामग्री वितरण गरेको थियो । नगरपालिकाबाट पाएको सहयोगले खेतीमा लाग्न थप हौसला मिलेको स्थानीय किसान मुसाफिर सहनीको भनाइ छ ।

मखान र तरकारी बालीका अतिरिक्त अन्न बालीका किसानलाई पनि यसअघि उन्नत बीउ, जैविक मल र कृषि ज्यावल वितरण गरिएको कृषि शाखाले जनाएको छ ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?