Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

विकास भनेको रुपान्तरण हो, विनाश होइन : मुख्यमन्त्री शर्मा


१८ असार, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विकास समाज रुपान्तरणको महत्वपूर्ण प्रक्रिया भएको बताएका छन् । उनले विकासले विनाश ल्याउँदा त्यसलाई रुपान्तरण गर्न नसकिने बताए ।

आज सुर्खेतको वीरेन्द्रनगरमा कर्णालीको विकास निर्माणसम्बन्धी समसामयिक विषयमा आयोजित बहस कार्यक्रममा उहाँले राज्यले समाज रुपान्तरणका लागि प्रक्रियामुखी नभई कार्यमुखी भएर जानुपर्नेमा जोड दिए । “राज्य दीर्घकालीन विकासतर्फ अग्रसर नभई अझै प्रक्रियामै अल्झिरहेको छ”, उनले भने, “हाम्रो राजनीति गर्ने तवरसमेत पछौटेपनमा आधारित छ, जहाँ एक दलले अर्कोको अस्तित्व स्वीकार गर्न नसकेको अवस्था छ ।”

हाम्रो दृष्टिकोण र सोचले विकासलाई अझ पर धकेल्ने काम गरिरहेको तर्क गरेका मुख्यमन्त्री शर्माले जल, जङ्गल, जडीबुटी र प्रकृतिले धनी क्षेत्रको स्रोतको बेलैमा सदुपयोग गर्न सकिए कर्णाली एक्लैले सिङ्गो मुलुकलाई पाल्न सार्मथ्य राख्ने दाबी गरे । उनले अहिलेसम्म बनेका ऐन नियममा देखिएको अन्तरविरोधलाई हटाएर ती सबै परिणाम देखिने गरी कार्यान्वयनमा ल्याउनतर्फ लाग्नुपर्ने जनाए ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?