१५ श्रावण, जनकपुर । मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । प्रदेश सरकारका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विना विभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले आज मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाएका हुन् । उनिहरु दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी थिए । जनमत पार्टीका नेता विपी साहका
१५ श्रावण, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका केपी कलौनीले शिक्षण पेशा अङ्गालेको साढे एघार वर्ष भयो । हाल कैलालीको तेघरीमा रहेको नेपाली सेनाको सैनिक आवाशीय विद्यालयमा कार्यरत कलौनीको परिचय शिक्षक मात्र नभई सुदूरपश्चिम प्रदेशमै एक कुशल उद्घोषणका रुपमा परिचित छ । विसं २०६० देखि स्थानीयस्तरबाट उद्घोषण सुरु गरेका कलौनीको कला
१५ श्रावण, तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका किसानलाई पाडापाडी हुर्काउन रु १६ लाख अनुदान उपलब्ध गराएको छ । केन्द्रले गत आर्थिक वर्ष २०७९÷८० मा उन्नत जातका भैँसीका पाडापाडी हुर्काउन रु १६ लाख अनुदान उपलब्ध गराएको हो । गत आवमा एक सय ६० किसानलाई जनही रु
१५ श्रावण, रामेछाप । कोरियाबाट फर्केका रामेछापका एक युवाले भने गाउँमा नै मेवा खेतीबाट लाखौँ रुपैयाँ कमाउन सुरु गरेका छन् । उनले आफ्नो व्यवसायमा थप दुई जनालाई रोजगारीसमेत दिएका छन् । रामेछापको खाँडादेवी गाउँपालिकास्थित वडा नं ८ गागलका जनकलाल तामाङले मेवा खेती गरेर मनग्य आम्दानी लिइरहेका छन् । उनको मेवा खेतीले
१५ श्रावण, काठमाडाैँ । निर्माण व्यवसायीहरूले सोमबार बिहान बालुवाटारमा प्रदर्शन गरेका छन् । असार मसान्त सकिए पनि पनि निर्माण व्यवसायीहरूको ठुलो रकम भुक्तान नगरिएको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी भएकाहरूले 'सम्पूर्ण ठेक्काको एकमुष्ठ म्याद थप गर' लेखिएका प्लेकार्ड समेत बोकेका थिए ।
१५ श्रावण, महोत्तरी । महोत्तरी जिल्लामा यसपालि समयमा वर्षा नहुँदा अहिलेसम्म ४० प्रतिशत मात्र धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा रामचन्द्र यादवका अनुसार यसपटक मनसुनी वर्षानहुँदा र किसानले समयमै ब्याड राख्न नपाउँदा कम रोपाइँ भएको हो । साउन महिनाको दोस्रो साता बित्न लाग्दा पनि जिल्लामा यथेष्ट
१५ श्रावण, काठमाडाैँ । हिमालयन फुटबल क्लबको आयोजनामा काठमाडौंमा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । साउन १८ र १९ गते चल्ने प्रतियोगितामा देशभरका जुनकुनै समूहले पनि सहभागिता जनाउन सक्नेछन् । साउन १५ गतेसम्मलाई आवेदन मिति तोकिएको प्रतियोगितामा हाल सहभागी समूहको दर्ता प्रक्रिया चलिरहेको क्लबले जनाएको छ । यो प्रतियोगितामा सहभागी
१५ श्रावण, काठमाडाैँ । काठमाडौंको महांकाल मन्दिरमा ट्यांकर ठोक्किएको छ । उक्त दुर्घटनामा ट्यांकरका चालक घाइते भएका छन् । गएराति सवा २ बजे ना २ क ४० नम्बरको पानी ट्यांकर मन्दिरमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ । ट्यांकर ठोक्किएपछि मन्दिरको पर्खाल भत्किएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चालक ५९ वर्षीय
१५ श्रावण, काठमाडाैँ । सिन्धुपाल्चोकको चौताराबाट काठमाडौँसम्म विद्युतीय गाडी सञ्चालन हुन थालेको छ । सिन्धुचौतारा यातायातले सानो सिरुवारी र स्याउलेबाट विद्युतीय गाडी सञ्चालन गरेको हो । चौताराका युवा व्यवसायी हिरोमणि श्रेष्ठ र निमेष श्रेष्ठले विद्युतीय गाडी सञ्चालन गरेका हुन् । पहिलो चरणमा १०÷१० सिट यात्रु क्षमता भएको चार बसबाट सेवा प्रदान
१५ श्रावण, सर्लाही । सर्लाहीको सागरनाथ वन परियोजनामा करिब रु २० करोड मूल्यको काठ बिक्री नभएर थन्किएको छ । परियोजना क्षेत्रमा उत्पादन भएको काठ बिक्री नहुँदा परियोजनाका एक सय ४६ कर्माचारी विगत करिब एक वर्षदेखि तलब नपाएर आन्दोलित भएका छन् । सरकारले वन नियमावलीमार्फत गोलिया काठ मापन गर्ने नयाँ शूत्र (हुबर)