Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

चौताराबाट काठमाडौँसम्म विद्युतीय गाडी सञ्चालन, भाडादर परिमार्जन हुने


१५ श्रावण, काठमाडाैँ । सिन्धुपाल्चोकको चौताराबाट काठमाडौँसम्म विद्युतीय गाडी सञ्चालन हुन थालेको छ । सिन्धुचौतारा यातायातले सानो सिरुवारी र स्याउलेबाट विद्युतीय गाडी सञ्चालन गरेको हो ।

चौताराका युवा व्यवसायी हिरोमणि श्रेष्ठ र निमेष श्रेष्ठले विद्युतीय गाडी सञ्चालन गरेका हुन् । पहिलो चरणमा १०÷१० सिट यात्रु क्षमता भएको चार बसबाट सेवा प्रदान गरिएको व्यवसायी निमेष श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार हाललाई चौतारा–काठमाडौँमा सञ्चालन भइरहेको अन्य माइक्रोबस सरह भाडादरमा यातायात सञ्चालन गर्ने र पूर्ण रुपमा सञ्चालनमा आएपछि भाडादर परिमार्जन गरिनेछ । यात्रुले पानी, वाइफाइ तथा क्युआर पेमेन्टको सुविधा पाउने उनले बताए ।

विद्युतीय गाडीमा आवाज र गन्ध नआउने भएकाले यात्रुले डिजेल गाडीको जस्तो घ्यारघ्यार र गन्धखप्नु नपरेको यात्रु कृष्णप्रसाद धितालले बताए ।


प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?