Trending
>>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह >>   जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) >>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

हिमालयन फुटबल क्लबको आयोजनामा खुल्ला फुटसल प्रतियोगिता हुने


१५ श्रावण, काठमाडाैँ । हिमालयन फुटबल क्लबको आयोजनामा काठमाडौंमा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । साउन १८ र १९ गते चल्ने प्रतियोगितामा देशभरका जुनकुनै समूहले पनि सहभागिता जनाउन सक्नेछन् ।

साउन १५ गतेसम्मलाई आवेदन मिति तोकिएको प्रतियोगितामा हाल सहभागी समूहको दर्ता प्रक्रिया चलिरहेको क्लबले जनाएको छ । यो प्रतियोगितामा सहभागी हुन प्रत्येक समूहले ७ हजार ७ सय ७७ रुपैयाँ शुल्क तिर्नुपर्ने आयोजकले बताएको छ ।

भाटभटेनी हेल्थ क्लब भेन्यू पार्टनर रहेको प्रतियोगिताका सबै खेल चाबहिल चुच्चेपाटी स्थित भाटभटेनी हेल्थ क्लबमा सञ्चालन हुनेछन् । उक्त प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ५५ हजार पाँच सय ५५ रुपैयाँ पाउनेछन् । फेयरप्ले टिमलाई ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार निर्धारण हुँदा उत्कृष्ट प्लेयर र गोल किपरलाई जनही पाँच हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार तोकिएको छ ।

नेपालमा फुटसलको क्रेज बढिरहँदा विभिन्न ठाउँमा छरिएका खेलप्रेमी युवाहरूमाझ भाइचाराको सम्बन्ध स्थापित गर्न यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने हिमालयन फुटबल क्लबका अध्यक्ष विनोद कार्कीले बताए । मध्य पूर्वको देश मलेशियालाई लक्षित गरेर स्थापित भएको यो क्लब नेपालमा हालै दर्ता भएको हो । क्लबले पहिलो चरणमा नै यो प्रकारको ठूलो प्रतियोगिता गरेर आफूलाई काठमाडौंमा स्थापित स्पोर्ट्स क्लबको रूपमा उभ्याउने लक्ष्य राखेको छ ।


प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?