Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२९ माघ २०८२, बिहीबार
२९ माघ २०८२, बिहीबार

गाउँमै मेवा खेतीमा रमाउँदा…


१५ श्रावण, रामेछाप । कोरियाबाट फर्केका रामेछापका एक युवाले भने गाउँमा नै मेवा खेतीबाट लाखौँ रुपैयाँ कमाउन सुरु गरेका छन् । उनले आफ्नो व्यवसायमा थप दुई जनालाई रोजगारीसमेत दिएका छन् ।

रामेछापको खाँडादेवी गाउँपालिकास्थित वडा नं ८ गागलका जनकलाल तामाङले मेवा खेती गरेर मनग्य आम्दानी लिइरहेका छन् । उनको मेवा खेतीले यसवेला जिल्लामा निकै चर्चा कमाइरहेको छ । उनले आफ्नो मेवा फार्ममा पुग्नेलाई प्रतिकेजी ५० देखि ६० सम्ममा बिक्री गर्छन् । बजारमा मेवाको मूल्य प्रतिकेजी एक सयभन्दा माथि नै रहेको छ ।

व्यवसायी तामाङले भने, “ सात वर्ष कोरियामा मासिक रु दुई लाखभन्दा बढी तलबमा काम गरेँ । कोरोना महामारीको असर परेपछि स्वदेश फर्किएँ । गाउँमै मेवा फार्म दर्ता गरेर घरमै बस्ने निधो गरेँ । मेवा लगाएँ डेढ दुई वर्ष भित्रनै उत्पादन दिन थाल्यो ।”

पर्याप्त मेवा उत्पादन हुन थालेपछि उनले यतिमा नै सन्तोष मानेका छैनन् । उनले चकलेट र जुस बनाउने उद्योग गाउँमै स्थापना गर्ने तयारी गरिरहेका छन् । “चाँडै काम भइदियो भने केही महिनामा उद्योग सञ्चालन गर्ने अवस्थामा पुग्छु”, उनले भने, “थकाइ मार्दिन, आफ्नै माटोमा केही गरेर देखाउँछु ।”

तामाङको मेवा खेती गरिएको –८ गागल जिल्ला सदरमुकामबाट झण्डै २५ किलोमिटर पश्चिममा पर्दछ । चकमन्न गाउँको बीचमा पर्ने कालोमाले टोलमा उनले आफ्नो, दाजुको र भाइको समेत गरी ३८ रोपनी जग्गामा मेवा खेती गरेका गरिरहेका छन् । दुई वर्षअघि लगाएका बिरुवाबाट राम्रो फल लागेपछि उनी अझ मेवा खेती विस्तारका लागि हौसिएका छन् ।

उनले भने, “मैले अरूको जग्गा भाडामा लिएर थप ३० रोपनी जग्गामा मेवा खेती गर्ने तयारी गरेको छु ।” दुई वर्षअघि उनले पाँच हजार मेवाको बिरुवा लगाएका थिए । “विभिन्न रोग, किरालगायतको सङ्क्रमणले झण्डै एक हजार दुई सय बिरुवा खेर गए । फार्ममा तीन हजार दुई सय बोट हुर्केका छन् । ”

उनका अनुसार बिरुवा खरिददेखि हालसम्म प्रतिबोट रु आठ सय जति खर्च भएको छ । “बल भएका बेला विदेशमा गएर काम गर्दा कमाइएला तर वृद्ध अवस्थामा के गर्ने ?” उनले भने, “त्यसैले आफ्नै गाउँ ठाउँमा केही गरेर खान सक्नुपर्दछ ।” एउटै मेवा पाँच केजीसम्मको फल्ने गरेको उनले बताए । एक पटक लगाएको बिरुवाले तीन वर्षसम्म राम्रो उत्पादन दिने पनि उनको अनुभव छ ।

उनको बगैँचामा ताइवानी हाइब्रिड मेवा फस्टाएको छ । हावाहुरी, शित र रोगकिराका कारण हमेसा क्षति नहुने यस जातको मेवा बाँदरले समेत नरुचाएकाले यसैलाई उनले विस्तार गर्ने सोच बताए । मेवा खेतीमा रमाएका उनले हालसम्म राज्यका कुनै निकायमा अनुदानको लागि आवेदन गरेको छैन । सिँचाइ, कीटनाशक औषधि तथा विषादी, बजारीकरण, हार्वेस्टिङ कीट, मललगायतका सामग्री उनी आफैँले खरिद गर्ने गरेका छन् ।


प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?