१६ श्रावण, विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेशको आगामी मुख्यमन्त्री आफू नै हुने दाबी गरेका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै थापाले कोशी प्रदेशको आगामी मुख्यमन्त्री आफू नै हुने दाबी गरेका हुन् । उनले कोशीमा सत्ता गठबन्धनकै सरकार बन्ने बताउँदै नेतृत्व आफूले गर्ने दाबी
१६ श्रावण, पाल्पा । रामपुर नगरपालिका पाल्पाले अव्यवस्थित बसोबासीका लागि जग्गाधनी प्रमाण पुर्जा वितरणको काम सम्पन्न गरेको छ । नगरपालिकाभित्र सात सय दुई घरघडेरीको जग्गाधनी प्रमाण पुर्जा वितरण भएको छ । तत्कालीन समयमा रामपुर गाउँ पञ्चायत, गाउँ विकास समिति, रामतुलसी मावि, दरैठाँटी मावि, आधारभूत मावि, नवदुर्गा मावि, सहिद बहुमुखी क्याम्पसलगायतका शैक्षिक
१६ ,श्रावण ,दमौली । तनहुँको व्यास नगरपालिका–१३ निवासी फूलमाया विकको घर वर्षौँदेखि खरले छाएको थियो । ढुङ्गामाटोले बनेको घर र छानो खरको हुँदा वर्षायाममा पानी चुहिने समस्या उत्तिकै थियो । अझ आगलागीको जोखिम पनि त्यत्तिकै थियो । उहाँको घरको छानो अहिले खरले नभई जस्तापाताले छाइएको छ । व्यास नगरपालिकाको खरको
१६ ,श्रावण ,टीकापुर । कैलालीस्थित नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले एक वर्षमा दुई हजार तीन सय ६९ पिन्ट रगत वितरण गरेको छ । केन्द्रले विसं २०७९ साउनदेखि २०८० असारसम्ममा दुई हजार चार सय ६० पिन्ट रगत सङ्कलन भए पनि दुई हजार तीन सय ६९ पिन्ट रगत वितरण
१६ ,श्रावण ,लुम्बिनी । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन बुटवल रुपन्देहीले पेट्रोलपम्पमा हुनसक्ने आगलागी र यसको नियन्त्रणका उपायका बारेमा व्यवसायीलाई अभिमुखीकरण गरेको छ । एसोसिएसनले नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय भलवारीको सहजीकरणमा व्यवसायीलाई आगलागी हुन नदिने र आगलागी भएमा अग्नि नियन्त्रण गर्ने उपकरणको प्रयोग र अपनाउनुपर्ने सुरक्षा सतर्कताका विषयमा
१६ ,श्रावण ,भरतपुर । भरतपुर महानगरपालिका पूर्वजनप्रतिनिधि मञ्च गठन गरिएको छ । सोमबार महानगरका पूर्वजनप्रतिनिधिको भेलाले मञ्च गठन गरेको हो । महानगरपालिकाका निवर्तमान प्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष अरुणपीडित भण्डारीको संयोजकत्वमा मञ्चको तदर्थ समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा चन्द्रमित्र पण्डित, सचिवमा पदमपाणि सुवेदी, कोषाध्यक्षमा विजय भुजेल,
१६ ,श्रावण ,ढोरपाटन । बागलुङ तीन मुख्य राजमार्गले जोडिएको छ । पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग, चीन–भारत जोड्ने कालीगण्डकी करिडोर र तराई–पहाड जोड्ने सालझण्डी–ढोरपाटन सडकले जिल्लाका अधिकांश पालिका जोडिन्छन् । बरेङ , ताराखोला र तमानखोलाबाहेक सात गाउँपालिकामा यी मुख्य सडक पुगेका छन् । तर मध्यपहाडी लोकमार्गबाहेक अन्य सडकमा गाडी कम गुड्छन्
१६ ,श्रावण ,ताप्लेजुङ । नेपाली कांग्रेस ताप्लेजुङले गत असार पहिलो साता गएको बाढीपहिरोबाट प्रभावित घरपरिवारलाई राहत वितरण गरिरहेको छ । यही आइतबारदेखि प्रभावित क्षेत्रमै पुगेर राहत सामग्री वितरण सुरु गरेको हो । गत जेठ ३२ देखि असारको पहिलो सातासम्म अबिरल वर्षासँगै गएको बाढीपहिरोबाट प्रभावित सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका घरपरिवारलाई राहत
१६ ,श्रावण ,खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारमा कार्यरत ५७ कर्मचारी हटाएको छ । अघिल्लो स्थानीय सरकारले नियुक्त गरेको अधिकांश करारका कर्मचारीको अभिलेखसम्म नभएकाले उनिहरू सबैलाई हटाएर नयाँ नियुक्त गर्ने गरी कार्यपालिकाबाटै निर्णय पारित गरिएको गाउँपालिका अध्यक्ष लोकन्द्र राईले जानकारी दिए । “हामीले कसैलाई काखा र कसैलाई पाखा गरेका छैनौँ
१५ ,श्रावण ,महेन्द्रनगर (धनुषा) । लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा दुई हजारभन्दा बढी पशु मरेका छन् । प्रदेशका आठवटै जिल्लामा यस रोगका कारण गाईवस्तुको व्यापक क्षति भएको हो । जनकपुरधामा आज आयोजित कार्यक्रममा लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा दुई हजार बढि गाईवस्तु मरेको तथ्याङ्कले सार्वजनिक गरियो । मधेस