१६ श्रावण, विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेशको आगामी मुख्यमन्त्री आफू नै हुने दाबी गरेका छन् ।
मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै थापाले कोशी प्रदेशको आगामी मुख्यमन्त्री आफू नै हुने दाबी गरेका हुन् ।
उनले कोशीमा सत्ता गठबन्धनकै सरकार बन्ने बताउँदै नेतृत्व आफूले गर्ने दाबी गरे ।
प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार