Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

व्यासमा खरको छानो विस्थापित अभियान


१६ ,श्रावण ,दमौली । तनहुँको व्यास नगरपालिका–१३ निवासी फूलमाया विकको घर वर्षौँदेखि खरले छाएको थियो । ढुङ्गामाटोले बनेको घर र छानो खरको हुँदा वर्षायाममा पानी चुहिने समस्या उत्तिकै थियो । अझ आगलागीको जोखिम पनि त्यत्तिकै थियो । उहाँको घरको छानो अहिले खरले नभई जस्तापाताले छाइएको छ ।

व्यास नगरपालिकाको खरको छानो विस्थापन योजनाअनुसार छानो फेरिएको हो । उनले भने,“अब आगलागी हुने जोखिम र पानी चुहिने समस्या हुँदैन ।” नगरपालिकाले खरको छाना विस्थापित गरी विपन्नका घरमा जस्तापाता लगाउने कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । जस्तापाताले घर छाउन नसकेका परिवारलाई नगरपालिकाले सहयोग गरेको छ । नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा ६८ अतिविपन्न परिवारको घरमा जस्तापाताले छाउने कार्यक्रम सम्पन्न गरेको नगरपालिकाको घर नक्सा शाखाका प्रमुख अमृत केसीले जानकारी दिए ।

रु ५१ लाखको लागतमा जस्तापाता लगाइएको छ । नगरपालिकाले प्रतिघर रु ७५ हजारमा छानो फेरिदिएको छ । तनहुँ क्षेत्र नं १ अन्तर्गत नगरपालिकाले वडा नं ५ र ६ बाहेक अन्य वडामा खरको छाना विस्थापित गरी घरमा जस्तापाता लगाउने गरेको छ । जसअन्तर्गत व्यास–१ मा सात, व्यास–४ मा एक, व्यास–७ मा सात, व्यास–८ मा तीन, व्यास–९ मा चार, व्यास–१० मा १७, व्यास–११ मा तीन, व्यास–१२ मा छ, व्यास–१३ मा तीन र व्यास–१४ मा आठ घरमा जस्तापाता लगाएको छ ।

यसैगरी नगरपालिकाले विपन्न वर्गले पक्की घर बनाउँदा निःशुल्करूपमा नक्सा निर्माण गरिदिन थालेको छ । नगरपालिकाको घर नक्सा निर्माण शाखाले नागरिकको आर्थिक समस्यालाई मध्यनजर गर्दै विपन्न वर्गलाई नक्सा पास निःशुल्क गर्ने कामको सुरुआत गरेको हो । विपन्न वर्गलाई केही सहज बनाउन र पक्की घर बनाउनेतर्फ आकर्षित गर्ने उद्देश्यले घर बनाउँदा निःशुल्करूपमा नक्सा निर्माण गर्ने गरेको शाखाका सहायक इन्जिनियर सञ्जय तिमिल्सेनाले जानकारी दिए ।

निःशुल्क नक्सा कार्यक्रमअन्तर्गत वडामार्फत विपन्न वर्गले घर बनाउन सिफारिस लिएर आएको खण्डमा निःशुल्करूपमा नक्सा निर्माण गर्ने गरेको उहाँको भनाइ छ । अहिलेसम्म उक्त कार्यक्रममार्फत पाँच जनाले निःशुल्करूपमा घरको नक्सापास गरी घर निर्माण गरेको उनले जानकारी दिए । उनले भने, “वडामार्फत विपन्न वर्गले सिफारिस लिएर आएपछि हामीले उहाँहरूले चाहेको अनुसार नक्सा निःशुल्करूपमा बनाउने गरेका छौँ ।”

दुई, तीन र चारकोठे घरका लागि विभिन्न आठवटा ‘मोडल’ रहेको उनले बताए । कतिपय नागरिकहरूले नक्सा बनाउन खर्च धेरै भएका कारण कच्ची घरमै बस्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि पनि नगरपालिकाले नक्सा निर्माण निःशुल्क गरिदिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनले विभिन्न परामर्शदाताले महँगो शुल्कमा घरको ‘डिजाइन’ बनाइदिने गुनासोलाई सम्बोधन गर्दै नगरपालिकाले विपन्न वर्गको घरको नक्सा डिजाइन गरिदिने बताए । नगरपालिकाका घर नक्सा शाखाका प्रमुख अमित केसीले घरको नक्सा निर्माणका लागि प्राविधिकलाई खटाएको बताए ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?