Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

लम्पी स्किनबाट मधेशमा दुई हजार बढि पशु मरे


१५ ,श्रावण ,महेन्द्रनगर (धनुषा) । लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा दुई हजारभन्दा बढी पशु मरेका छन् । प्रदेशका आठवटै जिल्लामा यस रोगका कारण गाईवस्तुको व्यापक क्षति भएको हो ।

जनकपुरधामा आज आयोजित कार्यक्रममा लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा दुई हजार बढि गाईवस्तु मरेको तथ्याङ्कले सार्वजनिक गरियो । मधेस प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको जानकारीअनुसार सिरहामा सबैभन्दा बढी एक हजार एक सय १८ पशु मरेका छन् भने पर्सामा सबैभन्दा कम दुई वटा मरेका छन् ।

लम्पी स्किनका कारण सबैभन्दा बढी गाई/गोरु मरेका छन् । मरेका दुई हजार २५ पशुमध्ये भैँसी/राँगा मात्र छ वटा छन् र दुई हजार १९ वटा गाई/गोरु रहेका छन् । मधेस प्रदेशका आठवटै जिल्लामा हालसम्म ४५ हजार आठ सय २५ पशुलाई लम्पी स्किन विरुद्वको खोप लगाइ सकिएको पशु अधिकृत चिकित्सक डा रञ्जितकुमार अधिकारीले बताए ।

अझै सप्तरी, सिरहा, महोत्तरी र पर्सामा खोप लगाउन सुरु गरिएको छैन भने सर्लाहीमा सबैभन्दा बढी १२ हजार तीन सय २५ पशुलाई खोप लगाइएको छ । सोमबार रोग विरुद्वको खोप अभियानलाई जनकपुुरधामस्थित सीताराम गाई गौशालामा उद्घाटन गर्दै मधेस प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले मधेस सरकारले आठवटै जिल्लामा आठ/आठ हजारको दरले कूल ६४ हजार खोप पठाएको जानकारी दिए ।

मन्त्री न्यौपानेका अनुसार यस्ता महामारीको दीर्घकालीन रूपमा समाधान गर्न सरकारले पहल गर्नेछ । स्थानीय सरकारले रोग विरुद्वको खोप आफ्नो पहलमा लगाइरहेको भए पनि प्रदेश सरकार अभियानका रुपमा खोप लगाउन सुरु गरेपछि रोग नियन्त्रण हुने विश्वास लिइएको छ ।


प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?