Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

पेट्रोलियम व्यवसायीलाई अग्नि नियन्त्रण अभिमुखीकरण


१६ ,श्रावण ,लुम्बिनी । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसन बुटवल रुपन्देहीले पेट्रोलपम्पमा हुनसक्ने आगलागी र यसको नियन्त्रणका उपायका बारेमा व्यवसायीलाई अभिमुखीकरण गरेको छ ।

एसोसिएसनले नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय भलवारीको सहजीकरणमा व्यवसायीलाई आगलागी हुन नदिने र आगलागी भएमा अग्नि नियन्त्रण गर्ने उपकरणको प्रयोग र अपनाउनुपर्ने सुरक्षा सतर्कताका विषयमा अभिमुखीकरण गरेको हो ।

पेट्रोलियम पदार्थ अति नै संवेदनशील र अत्यधिक प्रज्वलनशील पदार्थ भएकाले व्यवसायीलाई अग्नि सुरक्षा तथा आकस्मिक प्रतिक्रिया योजनासम्बन्धी अभिमुखीकरण गरिएको एसोसिएसनका अध्यक्ष हिमाल गैरेले बताए ।

सबै पेट्रोलपम्पमा अग्नि नियन्त्रण गर्ने उपकरणको व्यवस्था भए पनि उपकरण प्रयोग गर्न नजान्दा हुने क्षति नियन्त्रण तथा उपकरण प्रयोग गर्ने विधिका विषयमा निगमका प्राविधिकबाट प्रयोगात्मक सहजीकरण गरिएको अध्यक्ष गैरेले जानकारी दिए ।

कार्यक्रममा नेपाल आयल निगमका प्रादेशिक प्रमुख जगदीशचन्द्र यादवले यस्ता कार्यक्रमले पेट्रोलपम्पमा आगलागी हुन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता र आगलागी भइहालेमा अग्नि नियन्त्रणमा सहयोग पुग्ने बताए ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?