२५ भदाै, रूकुम । आत्महत्या दुरुत्साहन मुद्धा परेपछि चौरजहारी नगरपालिका– १ को पुरानो बजारमा सञ्चालनमा रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल र सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार प्रक्राउ गरेको हो । सोही विद्यालयको कक्षा ८ मा अध्यनरत १३ वर्षीया सृष्टि
२५ भदौ, रुकुम पश्चिम। रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१३ काउलेचौरका तुलवीर खत्रीको दिनचर्या खेतीपातीमै बित्छ । विहान ३ बजे उठेर डोकोभरी तरकारी बोकी सदरमुकाम खलङ्गासम्म पुगेर बिक्री गर्नु उनको बाध्यता हो । बारीमा उत्पादित तरकारी बिक्रीका लागि उनले हरेक दिन दुई घण्टा हिँड्नुपर्ने बाध्यता छ । जिल्लामा तरकारी भण्डारणका लागि चिस्यान
२५ भदौ, चितवन । भरतपुर महानगरपालिकाले मस्तिष्कघात भएर हिँडडुल गर्न र बोल्न नसक्ने बालबालिकाका लागि स्रोत कक्षाको सुरुवात गरेको छ । भरतपुर–२६ दिव्यनगरमा रहेको आदर्श माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सवका अवसरमा उक्त स्रोत कक्षाको आइतबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । सो अवसरमा प्रमुख दाहालले महानगरपालिकाले शिक्षाको पहुँचमा सबै बालबालिकालाई
२५ भदाै, बाँके । बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता
२५ भदौ, मुगु । कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने स्थानमा ‘ट्यापिङ’ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगडीसम्म विद्युत् पुर्याएको हो । प्राधिकरणले आइतबारदेखि गमगडीलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट
२५ भदौ, म्याग्दी । म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको चार वर्षसम्म पनि काम सुरुआत भएको छैन् । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडक अन्तरर्गत फेदीस्थित दाङखोलामा मोटरेबल पुल बनाउन विसं २०७६ जेठ २२ गते
२५ भदाै, नवलपुर । सात वटा मरेका गाईसहित दुई जना तस्करलाई प्रहरीले नवलपुरबाट नियन्त्रणमा लिएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको सर्दीबाट चोरमारातर्फ ल्याउँदै गरेको अवस्थामा बा.प्र. ०१–०३–००१ च १३८६ नम्बरको पिकअप जिपमा नौ वटा गाई ल्याउँदै गरेको अवस्थामा दुई जनालाई इलाका प्रहरी कार्यालय दुम्किबासले नियन्त्रणमा लिएको हो । पिकअपमा नौ
२५ भदौ, जुम्ला । एक दशकअघि कर्णालीका नागरिकलाई कालापहाड (भारत) बाहेक खाडी मुलुक भन्ने थाहै थिएन । मजदूरीका लागि उनीहरु छ महिना कालापहाडमा जान्थे । विशेष परिस्थितिमा बाहेक छ महिनापछि उनीहरु घरमै फर्कन्थे । केही वर्षयता भने यहाँका युवा खाडी मुलुकमा छिर्न थालेका छन् । पछिल्लो समयमा रोजगारका लागि युवा
२५ भदाै, महोत्तरी । सोनमा गाउँपालिकामा भएको घटनाको आरोपमा महोत्तरी प्रहरीले पुर्वअध्यक्ष सहित दश जना विरुद्ध मुद्दा दर्ता गरेको छ । प्रहरीले पूर्व अध्यक्ष राजकुमार यादव, वडा नं. १ का वडाध्यक्ष अशोक यादवसमेत दश जना विरुद्ध मुद्दा चलाएको जिल्ला प्रहरीले जनाएको छ । प्रवक्ता दिलीपकुमार गिरीकाअनुसार आपराधिक प्रवेश र आपराधिक
२५ भदाै, उदयपुर । ढाकरै बोकी, टेकुवा टेकी ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै ‘’ ओखलढुंगा रुम्जाटारदेखि ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै पसिना झार्दै तरर्, चार दिनको बाटो कटारी बजार.. तीन दशकअघि रेडियो नेपालमा यो गीत प्रशस्तै बज्थ्यो । यस गीतले चिनाएको उदयपुरको कटारी बजार एउटा ऐतिहासिक बजार थियो । पहाडका तीन जिल्ला ओखलढुङ्गा, खोटाङ्ग