Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सात वटा मरेका गाईसहित दुई जना तस्कर प्रहरी नियन्त्रणमा


२५ भदाै, नवलपुर । सात वटा मरेका गाईसहित दुई जना तस्करलाई प्रहरीले नवलपुरबाट नियन्त्रणमा लिएको छ ।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको सर्दीबाट चोरमारातर्फ ल्याउँदै गरेको अवस्थामा बा.प्र. ०१–०३–००१ च १३८६ नम्बरको पिकअप जिपमा नौ वटा गाई ल्याउँदै गरेको अवस्थामा दुई जनालाई इलाका प्रहरी कार्यालय दुम्किबासले नियन्त्रणमा लिएको हो ।

पिकअपमा नौ वटा गाई खाँदाखाँद गरेर ल्याउने क्रममा सात वटा गाई मरेको र दुई वटा गम्भीर घाइते अवस्थामा रहेका प्रहरीले जनाएको छ । गाई, पिकअप र घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।

पक्राउ पर्नेमा पिकअप चालक रौतहट गजुरा ७ निवासी २८ वर्षीय गोजेन्द्र चौधरी र नवलपुरको मध्यविन्दु ८ निवासी ४० वर्षीय ध्रुव कार्की रहेका प्रहरी प्रमुख रेग्मीले बताए । उनका अनुसार उनीहरूले स्थानीय जातको गाई ल्याएको र प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू गाई तस्कर भएको खुलेको छ ।

घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाई, पिकअप र पक्राउ परेका दुई जना इलाका प्रहरी कार्यालय दुम्किबासमा राखिएको छ ।


प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?