Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

सात वटा मरेका गाईसहित दुई जना तस्कर प्रहरी नियन्त्रणमा


२५ भदाै, नवलपुर । सात वटा मरेका गाईसहित दुई जना तस्करलाई प्रहरीले नवलपुरबाट नियन्त्रणमा लिएको छ ।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको सर्दीबाट चोरमारातर्फ ल्याउँदै गरेको अवस्थामा बा.प्र. ०१–०३–००१ च १३८६ नम्बरको पिकअप जिपमा नौ वटा गाई ल्याउँदै गरेको अवस्थामा दुई जनालाई इलाका प्रहरी कार्यालय दुम्किबासले नियन्त्रणमा लिएको हो ।

पिकअपमा नौ वटा गाई खाँदाखाँद गरेर ल्याउने क्रममा सात वटा गाई मरेको र दुई वटा गम्भीर घाइते अवस्थामा रहेका प्रहरीले जनाएको छ । गाई, पिकअप र घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।

पक्राउ पर्नेमा पिकअप चालक रौतहट गजुरा ७ निवासी २८ वर्षीय गोजेन्द्र चौधरी र नवलपुरको मध्यविन्दु ८ निवासी ४० वर्षीय ध्रुव कार्की रहेका प्रहरी प्रमुख रेग्मीले बताए । उनका अनुसार उनीहरूले स्थानीय जातको गाई ल्याएको र प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू गाई तस्कर भएको खुलेको छ ।

घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाई, पिकअप र पक्राउ परेका दुई जना इलाका प्रहरी कार्यालय दुम्किबासमा राखिएको छ ।


प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?