Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

आपराधिक घटनाको आरोपमा पूर्व अध्यक्षसहित दश जनाविरुद्ध मुद्दा दर्ता


२५ भदाै, महोत्तरी । सोनमा गाउँपालिकामा भएको घटनाको आरोपमा महोत्तरी प्रहरीले पुर्वअध्यक्ष सहित दश जना विरुद्ध मुद्दा दर्ता गरेको छ । प्रहरीले पूर्व अध्यक्ष राजकुमार यादव, वडा नं. १ का वडाध्यक्ष अशोक यादवसमेत दश जना विरुद्ध मुद्दा चलाएको जिल्ला प्रहरीले जनाएको छ ।

प्रवक्ता दिलीपकुमार गिरीकाअनुसार आपराधिक प्रवेश र आपराधिक क्रियाकलाप सम्बन्धी कसुरमा मुद्दा चलाइएको जनाएको छ । मुद्दा दर्ता गरिएका मध्ये सोनमा १ का रामप्रसाद पासवान, उपेन्द्रकुमार साह, राकेश राम, नैजामुद्दीन अन्सारी, महेशकुमार, राम केबल राय र वडा नं. २ का ललिन्द्र यादवसमेत ७ जनालाई प्रहरीले घटना स्थलबाटै नियन्त्रणमा लिई सकेको छ । पूर्व गाप अध्यक्ष राजकुमार यादव, वडाध्यक्ष अशोक यादव र वडा नं. १ का शैलेन्द्र यादवविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजतलास भइरहेको उनले जनाए ।


प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?