Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

रुकुम पश्चिमका किसानलाई बजारकै चिन्ता


२५ भदौ, रुकुम पश्चिम। रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१३ काउलेचौरका तुलवीर खत्रीको दिनचर्या खेतीपातीमै बित्छ । विहान ३ बजे उठेर डोकोभरी तरकारी बोकी सदरमुकाम खलङ्गासम्म पुगेर बिक्री गर्नु उनको बाध्यता हो । बारीमा उत्पादित तरकारी बिक्रीका लागि उनले हरेक दिन दुई घण्टा हिँड्नुपर्ने बाध्यता छ ।

जिल्लामा तरकारी भण्डारणका लागि चिस्यान केन्द्रको अभाव र मूल्य निर्धारण नहुँदा उहाँ जस्ता किसानलाई दैनिक यसैगरी तरकारी बोकी बजार जानुपर्ने बाध्यता छ । खत्रीले हाल गोलभेडा खेतीमा बढी जोड दिएका छन् । छ वटा फलामे टनेल, दुई वटा बाँसका टनेल र अन्य खाली जग्गा गरेर सात रोपनीमा गोलभेडा खेती गर्दै आउनुभएका खत्रीले चारवटा टलेन भने प्रधानमन्त्री कृषि आधुनिकरणबाट २५ प्रतिशत अनुदानमा निर्माण गरेका हुन् । साथै दुई वटा टनेल जिल्ला कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा निर्माण गरेका हुन् ।

उनले सरकारले यहाँ चिस्यान केन्द्र निर्माण गरिदिने हो भने किसानका लागि धेरै सहज हुने उनको भनाय छ । चिस्यान केन्द्र भए किसानको लगानी खेर नजाने र मूल्य निर्धारण भए किसान र उपझोक्ता ठगिनबाट बच्ने उनको भनाइ छ । साथै कुन समयमा कस्तो तरकारी लगाउने भन्नेबारे प्राविधिक ज्ञान भए किसानलाई फाइदा पुग्ने उनको बुझाइ छ ।

“स्थानीय तहले तरकारीको न्यूनतम मूल्य निर्धारण गर्ने हो भने हामीलाई सहज हुन्छ, अघिल्लो दिन प्रतिकेजी रु ८० बिक्री गरेको तरकारी अर्को दिन आधा मूल्यमा बिक्री गर्नेपर्ने बाध्यता छ”, उनले भने । “यो खत्रीको मात्रै समस्या होइन जिल्लामा तरकारी खेती गर्ने सबैको समस्या उस्तै छ ।”

तरकारीलाई सङ्कलन गर्ने गरी मुसिकोट नगरपालिका-५ बागबजारमा आर्थिक वर्ष २०७५/७६ निर्माण गरिएको सङ्कलन केन्द्र पनि यतिबेला प्रयोगविहीन अवस्थामा छ । किसानले उत्पादन गरेका फलफूल तथा तरकारीजन्य वस्तुको सङ्कलन र बिक्रीका लागि सङ्कलन केन्द्र निर्माण गरिएको थियो ।

कृषि ज्ञान केन्द्र र कृषि विकास कार्यालयको पहलमा निर्माण भएको सङ्कलन केन्द्र प्रयोगविहीन भन्दा किसानलाई समस्या भइरहेको छ । तरकारी उत्पादन बढाउने भन्दा पनि उत्पादन भएको तरकारीलाई बजारिकरण गर्नुपर्ने पहिलो प्राथमिकता राखेर सरकारले काम गर्नुपर्ने यहाँका किसानको माग छ ।


प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?