१६ जेष्ठ ,मुग्लिन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–५ मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०१ नम्बरको बस आज दिउँसो ४ बजे मुग्लिनमा दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार बसमा सवार रहेका ३२ जना घाइते भएका
१६ जेष्ठ ,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य एवं पूर्व महिला, बालबालिका तथा समाज कल्याणराज्यमन्त्री मीना पाण्डेको आज अपराह्न काठमाडौँको गौशालास्थित निजी निवासमा निधन भएको छ । आजै अपराह्न ५ बजे उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा एक घण्टा राखी दाहसंस्कार गरिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले
१६ जेठ, विराटनगर । मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेका छन् । सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका छन् । नाफा कमाउन समयभन्दा पहिला नै आँप बजारमा बेच्न थालिएको छ । यसका लागि अत्यधिक विषादी प्रयोग
१६ जेठ, बागलुङ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरे । उनको घोषणा सुन्दा सभामुख देवराज घिमिरे हाँसे, मन्त्री रोष्टममै हाँसे र केही सांसदको मुहारमा अनौठो चमक देखिन्थ्यो । नेपालमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बिषयमा
१६ जेठ, भक्तपुर । यही जेठ १ गते सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित ‘न्यू दाजुभाइ फर्निचर ट्रेडर्स’सँगैको साढे तीनतले घर र कृपालु फर्निचर कारखानामा आगलागी भयो । आगलागीबाटरु दुई करोड २९ लाख बराबरको क्षति भयो । तर जुद्ध वारुणयन्त्र भक्तपुरमा रहेका चार दमकलमध्ये आगो नियन्त्रणका लागि तीनवटा मात्रै प्रयोग गरिए । आगलागीस्थलबाट नजिकैको
१६ जेठ, दार्चुला । दार्चुला सदरमुकाम खलङ्गास्थित महाकाली नदीमा बगेर बेपत्ता भएका एक किशोर अझै फेला परेका छैनन् । उनको दुई दिनदेखि खोजि जारी छ । महाकाली नगरपालिका–१ धमपन्यारका १५ वर्षीय सुदिप धामी सोमबार दिउँसो पौडी खेल्ने क्रममा महाकालीमा बगेर बेपत्ता भएका थिए । साथिहरुसित नदीमा पौडी खेलिरहेका धामी नदीमा डुबेर
१६ जेठ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाको मुख्य बजार क्षेत्रमा निःशुल्क ईन्टरनेट सेवा सुरु गरिएको छ । आमनागरिकलाई गाउँ गाउँमै इन्टरनेट सेवा उपलब्ध गराउने उद्धेश्यले ती पालिकाको समन्वयमा बजार क्षेत्र र वडाको निश्चित स्थान चयन गरी निःशुल्क वाइफाइको व्यवस्था गरिएको हो । नमोबुद्धले नगरको मुख्य चोक क्षेत्रमा निःशुल्क
१६ जेठ, महोत्तरी । महोत्तरीमा फिल्मी शैलीमा बैंक लुटपाट भएको छ। महोत्तरी गाउँपालिकास्थित एनएमबी बैंकबाट मास्क लगाएका व्यक्तिहरूले हतियार देखाउँदै पैसा लुटेर लगेका हुन् । प्रहरीले लुट्ने व्यक्तिहरूको खोजी गर्दै अनुसन्धान सुरू गरिरहेको छ। बैंक लुटपाट गर्न ४ जना हतियार सहित गएका थिए ।
१६ जेठ, सुदूरपश्चिम । खप्तड क्षेत्रमा लाग्ने गङ्गा दशहरा मेला (जात्रा) आजदेखि सुरु भएको छ । ‘गङ्गा दशहरा मेलामा जाऔँ, खप्तडका सुन्दर फाँटहरु घुमौँ, त्रिवेणीमा स्नान गरौँ’ भन्ने नाराका साथ यस वर्ष भव्य रुपमा मेला लागिरहेको छ । जेठ/असार महिनामा गङ्गा दशहरा र साउन/भदौमा यहाँको खापरदहमा ठूलो इन्द्रजात्रा मेला लाग्ने गर्छ
१६ जेठ, नवलपुर । जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ । जाँचका क्रममा आवश्यक कागजपत्र अभावमा प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधन बिक्री गरी रु ४१ लाख ४३ हजार राजस्व सङ्कलन भएको जनाइएको छ । प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले कसुरजन्य सम्पत्ति नियन्त्रण र जफत गर्ने वा बिक्री