Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

महाकालीमा बेपत्ता किशोर भेटिएनन्


१६ जेठ, दार्चुला । दार्चुला सदरमुकाम खलङ्गास्थित महाकाली नदीमा बगेर बेपत्ता भएका एक किशोर अझै फेला परेका छैनन् । उनको दुई दिनदेखि खोजि जारी छ ।

महाकाली नगरपालिका–१ धमपन्यारका १५ वर्षीय सुदिप धामी सोमबार दिउँसो पौडी खेल्ने क्रममा महाकालीमा बगेर बेपत्ता भएका थिए । साथिहरुसित नदीमा पौडी खेलिरहेका धामी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेद्रबहादुर सिंहले जानकारी दिए ।

बेपत्ता धामीको खोजीकार्य जारी छ । खोजीकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी संलग्न रहेका छन् । उनी खलङ्गास्थित महेन्द्र नमूना उच्च माविमा कक्षा १० मा अध्ययनरत् थिए ।


प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?