Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

इन्धन अभाव भन्दै दमकल थन्क्याइए


१६ जेठ, भक्तपुर । यही जेठ १ गते सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित ‘न्यू दाजुभाइ फर्निचर ट्रेडर्स’सँगैको साढे तीनतले घर र कृपालु फर्निचर कारखानामा आगलागी भयो । आगलागीबाटरु दुई करोड २९ लाख बराबरको क्षति भयो । तर जुद्ध वारुणयन्त्र भक्तपुरमा रहेका चार दमकलमध्ये आगो नियन्त्रणका लागि तीनवटा मात्रै प्रयोग गरिए । आगलागीस्थलबाट नजिकैको वारुणयन्त्रमा रहेको दमकल प्रयोग नगरिएपछि काठमाडौँ र ललितपुरबाट  दमकल ल्याएर आगो नियन्त्रण गरियो ।

यसअघि भक्तपुरको सल्लाघारीस्थित आइसक्रिम कारखानामा लागेको आगो निभाउन भने चारवटै दमकल प्रयोग गरिएकाख थिए । यसपटक भने इन्धन अभावको कारण देखाउँदै थप दमकल प्रयोग गरिएन । आपत्कालीन अवस्थामा चारवटै दमकल यसअघि प्रयोग हुँदै आएकामा कार्यालय प्रमुख लोकबहादुर कार्कीले पुरानो एउटा दमकलको कागजपत्र नभएको र अर्को दमकल मर्मत एवम् इन्धन खर्च नभएको भन्दै थन्क्याएपछि आगलागी नियन्त्रणमा समस्या आएको कर्मचारीको गुनासो छ ।

सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाले मर्मत खर्च, इन्धन खर्च र अन्य खर्चसमेत ब्यहोर्ने गरी हस्तान्तरण गरेका दुई दमकल मात्रै सञ्चालनमा छन् । कार्यालय प्रमुखले सबै दमकल आपत्कालीन अवस्थामा जान सक्ने गरी तयारी अवस्थामा राख्नुपर्नेमा पुराना दुई दमकल खर्च अभाव देखाउँदै थन्क्याउँदा आगो निभाउन समस्या भएको कर्मचारी बताउँछन् ।

यसअघि सरकारबाट प्राप्त मर्मत र इन्धन खर्च तथा अन्य खर्चबाटै सेवा प्रवाह गर्दै आएको दमकल अहिले इन्धन अभाव एवम् मर्मतका लागि बजेट अभाव भन्दै थन्क्याउन नहुने कर्मचारीको भनाइ छ । आगलागी र अन्य विपद्मा प्रयोग हुँदै आएको रेस्क्यू भ्यानसमेत कार्यालय प्रमुखले प्रयोग नगर्दा जोखिम बढेको कर्मचारीको गुनासो छ ।

कार्यालय प्रमुख कार्की भने चुनदेवीको आगलागीमा आवश्यक नठानेर दमकल प्रयोग नगरिएको बताउँछन् । मन्त्रालयले इन्धन र मर्मतका लागि आवश्यक बजेट नपठाउँदा इन्धन अभाव भएको उहाँको भनाइ छ ।


प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?