Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

इन्धन अभाव भन्दै दमकल थन्क्याइए


१६ जेठ, भक्तपुर । यही जेठ १ गते सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित ‘न्यू दाजुभाइ फर्निचर ट्रेडर्स’सँगैको साढे तीनतले घर र कृपालु फर्निचर कारखानामा आगलागी भयो । आगलागीबाटरु दुई करोड २९ लाख बराबरको क्षति भयो । तर जुद्ध वारुणयन्त्र भक्तपुरमा रहेका चार दमकलमध्ये आगो नियन्त्रणका लागि तीनवटा मात्रै प्रयोग गरिए । आगलागीस्थलबाट नजिकैको वारुणयन्त्रमा रहेको दमकल प्रयोग नगरिएपछि काठमाडौँ र ललितपुरबाट  दमकल ल्याएर आगो नियन्त्रण गरियो ।

यसअघि भक्तपुरको सल्लाघारीस्थित आइसक्रिम कारखानामा लागेको आगो निभाउन भने चारवटै दमकल प्रयोग गरिएकाख थिए । यसपटक भने इन्धन अभावको कारण देखाउँदै थप दमकल प्रयोग गरिएन । आपत्कालीन अवस्थामा चारवटै दमकल यसअघि प्रयोग हुँदै आएकामा कार्यालय प्रमुख लोकबहादुर कार्कीले पुरानो एउटा दमकलको कागजपत्र नभएको र अर्को दमकल मर्मत एवम् इन्धन खर्च नभएको भन्दै थन्क्याएपछि आगलागी नियन्त्रणमा समस्या आएको कर्मचारीको गुनासो छ ।

सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाले मर्मत खर्च, इन्धन खर्च र अन्य खर्चसमेत ब्यहोर्ने गरी हस्तान्तरण गरेका दुई दमकल मात्रै सञ्चालनमा छन् । कार्यालय प्रमुखले सबै दमकल आपत्कालीन अवस्थामा जान सक्ने गरी तयारी अवस्थामा राख्नुपर्नेमा पुराना दुई दमकल खर्च अभाव देखाउँदै थन्क्याउँदा आगो निभाउन समस्या भएको कर्मचारी बताउँछन् ।

यसअघि सरकारबाट प्राप्त मर्मत र इन्धन खर्च तथा अन्य खर्चबाटै सेवा प्रवाह गर्दै आएको दमकल अहिले इन्धन अभाव एवम् मर्मतका लागि बजेट अभाव भन्दै थन्क्याउन नहुने कर्मचारीको भनाइ छ । आगलागी र अन्य विपद्मा प्रयोग हुँदै आएको रेस्क्यू भ्यानसमेत कार्यालय प्रमुखले प्रयोग नगर्दा जोखिम बढेको कर्मचारीको गुनासो छ ।

कार्यालय प्रमुख कार्की भने चुनदेवीको आगलागीमा आवश्यक नठानेर दमकल प्रयोग नगरिएको बताउँछन् । मन्त्रालयले इन्धन र मर्मतका लागि आवश्यक बजेट नपठाउँदा इन्धन अभाव भएको उहाँको भनाइ छ ।


प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?