Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

प्रदेश समाचार


नेपालगञ्जमा गायत्री महायज्ञ हुँदै

१५ वैशाख, बाँके । सद्भाव सहरका रुपमा रहेको नेपालगञ्जमा १४ वर्षपछि ५१ कुण्डीय गायत्री महायज्ञ हुने भएको छ । दिव्य आकर्षक झाँकीका साथ श्रीमद् पावन प्रज्ञा पुराण एवं चार वेदको भव्य कलश यात्रासहित वैशाख २६ देखि २९ गतेसम्म नेपालगञ्जको खजुरा रोडस्थित गायत्री मन्दिरमा सो महायज्ञ हुने गायत्री परिवार प्रज्ञा मण्डलले जनाएको

बिरामी भएर हेलिकप्टरबाट उद्धार गर्दा गाउँपालिकाले भाडा व्यहोर्ने

१५ वैशाख, मनाङ । सडक सुविधाबाट वञ्चित मनाङको नार्पाभूमि गाउँपालिकाले बिरामीलाई हेलिकप्टरमा उद्धार गर्दैआएको छ । सडकको पहुँच नहुँदा यहाँका बासिन्दा उपचार गर्न समस्या हुने गरेको छ । यही समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले कुल भाडाको ५० प्रतिशत बेहोर्दै बिरामीलाई हेलिकप्टरमार्फत उपचारमा सहयोग गर्न थालेको हो । मनाङको विकट क्षेत्रमा पर्ने

गाउँपालिकाको अवस्थाबारे जानकारी गराउन स्थानीय पाठ्यपुस्तक निर्माण, ५ कक्षासम्म पढाइ हुने

१५ वैशाख, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्यक्रमअनुरुप कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निर्माण गरेको छ । विद्यार्थीलाई गाउँपालिकाको समग्र अवस्थाका बारेमा जानकारी गराउने गरी गाउँपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयको कक्षा १ देखि ५ सम्मका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरिएको हो । गाउँपालिकाले आधारभूत तह १–८

११ दिनपछि खोलियो ठाकुरराम क्याम्पसमा लगाइएको ताला

१५ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा लगाइएको तालाबन्दी ११ दिनपछि खोलिएको छ । बिहीबार भएको छलफलमा ताला खोल्ने र पठनपाठन सञ्चालन गर्ने सहमति भएको हो । आज बिहानदेखि पठनपाठन थालिएको निमित्त क्याम्पस प्रमुख अनिलकुमार रमणले जानकारी दिए । क्याम्पस प्रमुख डा उमेशप्रसाद चौरसियाले दिनुभएको राजीनामा फिर्ता गर्नुपर्ने र

अव्यवस्थित तार हटाउँदै वीरगन्ज महानगर

१५ वैशाख, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थितरूपमा राखिएका इन्टरनेट तथा टेलिफोनका तार हटाउन थालेको छ । अव्यवस्थित तारका कारण नगर क्षेत्रमा दुर्घटना हुँदै आएको र आगामी दिनमा पनि यसबाट अन्य मानवीय दुर्घटना हुनसक्ने भन्दै महानगरपालिकाले अव्यवस्थितरूपमा राखिएका इन्टरनेट तथा टेलिफोनका तार हटाउन थालेको हो । पहिलो चरणमा आइतबारदेखि

चितवनमा गाईभैँसीमा लम्पीस्किन रोग

१५ वैशाख, चितवन । चितवनमा गाईभैँसीमा लम्पीस्किन रोग देखापरेको छ । यो रोग ‘क्याप्री पोक्स’ नामक जिवाणुका कारण हुने गर्दछ । गर्मी याममा लामखुट्टे, झिङ्गालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत रामचन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार विगत केही

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

१५ वैशाख ,गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज आज बिहान ७ बजेर ३९ मिनेटमा यहाँ अवतरण भएको हो । निगम र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले आज परीक्षण उडान गरेको

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

१५ वैशाख ,भरतपुर । भरतपुर महानगरपालिका–२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन् । गए राति ना२२प ६८०० नंको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते महतोको भरतपुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको

ढोरपाटनमा पाँच वर्षदेखि बँदेलको सिकार हुन सकेन

१५ वैशाख ,काठमाडौँ । ढोरपाटन सिकार आरक्ष क्षेत्र आसपासका किसान बँदेलले बालीमा क्षति पुर्‍याउँदा हैरान छन् । बारीमा लगाएको आलु, फापर र तरकारीमात्रै होइन घरमा रहेका स–साना बालबालिका र वृद्धवृद्धा बँदेलको आक्रमणमा पर्लान् भन्ने त्रास छ । सिकार आरक्षमा बँदेलको सङ्ख्या बढ्दो छ । वैधानिकरूपमा अनुमति लिएर बँदेलको सिकार गर्न

गुल्मीमा जडीबुटी उद्यानमा आगजनी गर्ने व्यक्ति पक्राउ

१५ वैशाख ,गुल्मी । गुल्मीमा जडीबुटी उद्यानमा आगो लगाउने एक व्यक्तिलाई पक्राउ गरिएको छ । इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला वन अधिकृत जीवन पङ्गेनीले जानकारी दिए । उनले यही वैशाख १० गते जडीबुटी उद्यानमा आगो लगाएको प्रमाणित भएपछि पक्राउ गरिएको हो

सम्वन्धित समाचारहरु