Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नेपालगञ्जमा गायत्री महायज्ञ हुँदै


१५ वैशाख, बाँके । सद्भाव सहरका रुपमा रहेको नेपालगञ्जमा १४ वर्षपछि ५१ कुण्डीय गायत्री महायज्ञ हुने भएको छ । दिव्य आकर्षक झाँकीका साथ श्रीमद् पावन प्रज्ञा पुराण एवं चार वेदको भव्य कलश यात्रासहित वैशाख २६ देखि २९ गतेसम्म नेपालगञ्जको खजुरा रोडस्थित गायत्री मन्दिरमा सो महायज्ञ हुने गायत्री परिवार प्रज्ञा मण्डलले जनाएको छ ।

एकाउन्न कुण्ड निर्माण गरी त्यसमा पूजन सुरु हुने महायज्ञका संयोजक सत्यनारायण पाठकले जानकारी दिए । “महायज्ञमा प्रज्ञा पुराण र कथा प्रवचन हुन्छ जहाँ १८ पुराणको निचोड आउँछ”, उनले भने ।

मानवले जीवन जिउने कला प्रज्ञा पुराणको विशेषता भएको उल्लेख गर्दै पाठकले भक्तजनलाई महायज्ञमा सहभागी हुन आग्रह गरे । ऋषि तपोनिष्ट वेदमूर्ति पं श्रीराम शर्मा आचार्यद्वारा रचित श्रीमद् पावन प्रज्ञा पुराणको पूजन एवं कथा वाचन गरी शुभारम्भ हुने महायज्ञमा भारतको हरिद्वारबाट पं शैलविहारी दुवेलगायत पाँच पण्डितको सहभागिता रहनेछ ।

दिव्य आकर्षक श्रीराम, लक्ष्मणजी भएको प्रतीकात्मक झाँकीका साथ श्रीमद् पावन प्रज्ञा पुराण एवं चार वेदको भव्य कलश यात्रासमेत हुनेछ । महायज्ञमा करिब रु २० लाख खर्च हुने अनुमान छ । महायज्ञमा बाँकेबाहेक, बर्दिया दाङ, सुर्खेत, जनकपुर, काठमाडौँ, धनगढीबाट समेत भक्तजनको उल्लेख्य सहभागिता रहनेछ । टाढाबाट आएका भक्तजनलाई खान र बस्नको प्रबन्धसमेत गरिएको आयोजकले जनाएका छन् । महायज्ञका लागि विभिन्न उपसमितिसमेत निर्माण गरिएको छ । नेपालगञ्जमा यसअघि हनुमान जयन्ती भएको थियो ।


प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?