२९ वैशाख, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनीहरूलाई शपथ गराएका हुन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बाग्लुङका दीपेन्द्रबहादुर थापा, तनहुँका जीतप्रकाश आले र नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जालीलाई आजै मन्त्री नियुक्त गरेका थिए। यसअघि
२९ वैशाख, रसुवा । आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएपछि जिल्लावासी यसतर्फ आकर्षित भएका छन् । रोगअनुसार चिकित्सकले सिफारिस गरेको सबैखाले औषधि एकै थलोमा पाइनाका साथै औषधि सेवन पश्चात् रोग पनि निको हुँदै गएकाले यहाँका बासिन्दा आयुर्वेदिक उपचारतर्फ आकर्षित भएका हुन् । सरकारले २३ प्रकारका औषधि निःशुल्क प्रदान गर्दै आएको छ
२९ वैशाख, बारा । बसको झ्यालबाट टाउको निकालेका एक जना यात्रुको पिकअपको ठक्करबाट मुत्यु भएको छ । मुत्यु हुनेमा पर्साको कालिकामाई गाउँपालिका –२ भेडियाही बस्ने ५२ बर्षीय नागेन्द्र महतो नुनिया रहेको जिल्ला ट्राफिक कार्यालय निजगढले जनाएको छ । बिरगञ्जबाट काठमाडौतर्फ जाँदैगरेको ना ६ ख ९३६१ नम्बरको बसमा सवार नुनियाले झ्यालबाट
२९ बैशाख, लुम्बिनी । दोस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट दोस्रो दिनमा भव्य रुपमा जारी छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा जारी मार्ट दोस्रो दिनमा होटल पवन प्यालेसमा उत्साहित रुपमा भइरहेकाे छ । मार्टमा ४० देशका पर्यटनविद्, व्यवसायी तथा टूर अपरेटर उत्साहित रुपमा सहभागी छन् । कार्यक्रम नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल एशोसिएसन
२९ वैशाख, तनहुँ । तनहुँमा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ । गत वैशाख १७ गतेदेखि हराइरहेका तनहुँको व्यास नगरपालिका–९ गजौडेका वर्ष ५९ का सुरेशकुमार गुरुङ मृत अवस्थामा भेटिएका हुन् । गुरुङको स्थानीय सुदेखोला सात विसे सामुदायिक वनको भिरबाट १११ मिटर तल खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका
२९ वैशाख, पाँचथर । जङ्गलमा लागेको आगो नजिकैको घरमा सल्किएर आगलागी हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको लाक्सेबुङमा एक अशक्त युवकको जलेर मृत्यु भएको छ । बिहीबार अपराह्न ३ः३० बजे लाक्सेबुङ जङ्गलमा लागेको आगो सोही स्थानका प्रेम नेम्बाङको घरमा सल्किदा आगलागी भएको थियो । आगलागीमा परी हिँड्डुल गर्न नसक्ने नेम्बाङका छोरा
२९ वैशाख, पोखरा । गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेका हुन् । गण्डकी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले दिएको जानकारी अनुसार ४ जना मन्त्रीमा नियुक्त भएका छन् । यद्यपी, उनीहरूको मन्त्रालय भने तोकिएको छैन । शुक्रबार नेपाली कांग्रेसबाट महेन्द्रध्वज जिसी र
२९ वैशाख, गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि नियमित उडान सुरू भएको छ । नेपाल वायुसेवा निगमको ढल्(ब्द्यत् ट्वीनअटर जहाजले नियमित उडान थालेको हो । निगमले मङ्गलबार पनि उडान भर्ने तयारी गरेको छ । निगमको जहाजले दुई हप्ता अगाडि रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको थियो । त्यसपछि गुल्मेली नागरिकले हवाई
२९ वैशाख, तनहुँ । तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध छाब्दीवाराही मन्दिरको पुनःनिर्माण सुरु भएको छ । छाब्दीवाराही विकास कोषले मन्दिरको पुनःनिर्माण गर्न लागेको हो । नयाँ संरचनास्वरुप सहितको मन्दिर र तामाको छानो छाउन काम सुरु भएको विकास कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिए । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट
२९ वैशाख, जनकपुर । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले संसद्बाट दुई पटक पारित भइसकेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह गरेका छन् । जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उनले सार्वभौम संसद्ले पारित गरेको कानुनलाई अड्काउन नपाइने भए पनि विगतमा गलत अभ्यास