Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

बसको झ्यालबाट टाउको निकालेका व्यक्तिको पिकअपको ठक्करबाट मृत्यु


२९ वैशाख, बारा । बसको झ्यालबाट टाउको निकालेका एक जना यात्रुको पिकअपको ठक्करबाट मुत्यु भएको छ । मुत्यु हुनेमा पर्साको कालिकामाई गाउँपालिका –२ भेडियाही बस्ने ५२ बर्षीय नागेन्द्र महतो नुनिया रहेको जिल्ला ट्राफिक कार्यालय निजगढले जनाएको छ ।

बिरगञ्जबाट काठमाडौतर्फ जाँदैगरेको ना ६ ख ९३६१ नम्बरको बसमा सवार नुनियाले झ्यालबाट टाउको निकालेको समयमा आज बिहान ६ः४५ बजे जितपुर–सिमरा –२३ भलुहीनजिक बिपरित दिशाबाट आएको प्र २–०३–००१ च २४५२ नम्बरको पिकअप गाडीले टाउकोमा छुँदा गम्भीर घाइते भएका नुनियालाई उपचारका लागि बिरगञ्ज लैजानेक्रममा बाटोमा मुत्यु भएको प्रहरी निरीक्षक योगेन्द्र राइले जानकारी दिए ।

दुबै सवारी तथा बसचालक इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । पिकअप चालक भने फरार रहेको प्रहरीको भनाइ छ ।


प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?