Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

बसको झ्यालबाट टाउको निकालेका व्यक्तिको पिकअपको ठक्करबाट मृत्यु


२९ वैशाख, बारा । बसको झ्यालबाट टाउको निकालेका एक जना यात्रुको पिकअपको ठक्करबाट मुत्यु भएको छ । मुत्यु हुनेमा पर्साको कालिकामाई गाउँपालिका –२ भेडियाही बस्ने ५२ बर्षीय नागेन्द्र महतो नुनिया रहेको जिल्ला ट्राफिक कार्यालय निजगढले जनाएको छ ।

बिरगञ्जबाट काठमाडौतर्फ जाँदैगरेको ना ६ ख ९३६१ नम्बरको बसमा सवार नुनियाले झ्यालबाट टाउको निकालेको समयमा आज बिहान ६ः४५ बजे जितपुर–सिमरा –२३ भलुहीनजिक बिपरित दिशाबाट आएको प्र २–०३–००१ च २४५२ नम्बरको पिकअप गाडीले टाउकोमा छुँदा गम्भीर घाइते भएका नुनियालाई उपचारका लागि बिरगञ्ज लैजानेक्रममा बाटोमा मुत्यु भएको प्रहरी निरीक्षक योगेन्द्र राइले जानकारी दिए ।

दुबै सवारी तथा बसचालक इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । पिकअप चालक भने फरार रहेको प्रहरीको भनाइ छ ।


प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?