Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

एमालेको घोषणापत्रः १० जीबी निःशुल्क डाटादेखि २५ हजारसम्मको ऋण मिनाहा गर्ने


एमालेको घोषणापत्रः १० जीबी निःशुल्क डाटादेखि २५ हजारसम्मको ऋण मिनाहा गर्ने

काठमाडौँ । नेकपा (एमाले) ले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा युवा स्वरोजगार, महिला सशक्तीकरण, श्रमिक कल्याण, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ ।

पार्टीले युवा पुस्तालाई डिजिटल तथा उद्यमशीलतामा जोड्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीको सम्मान गर्ने, किशोरी तथा महिलाको स्वास्थ्य र आर्थिक सशक्तिकरण गर्ने जस्ता महत्वाकांक्षी प्रतिवद्धता अघि सारेको छ । एमालेले १८ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई एक वर्षसम्म हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । सूचना प्रविधि क्षेत्रमा स्टार्टअप तथा अनलाइन कारोबार प्रवद्र्धन गर्न युवाहरूलाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड उपलब्ध गराउने एमालेको एजेण्डा छ । यसले एआई, कन्टेन्ट क्रिएसन, डिजिटल मार्केटिङ, एप विकास जस्ता क्षेत्रमा तालिम तथा सेवा उपयोग सहज बनाई १० लाख युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने लक्ष्य एमालेको छ ।
विदेशमा नेपाली उद्यमीले कम्पनी स्थापना तथा विदेशी कम्पनीमा सेयर खरिदलाई थप सहज बनाउने घोषणा पनि एमालेले गरेको छ ।

वैदेशिक रोजगारी र सामाजिक सुरक्षातर्फ वैदेशिक रोजगारीमा रहेका श्रमिकको बैंक खातामा वार्षिक रु. ५ हजार थप गर्ने, वैदेशिक रोजगारीमा जाने सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा निरन्तरता दिने प्रबन्ध गर्ने एमालेको घोषणापत्रमा समेटिएको छ ।

शिक्षा तथा विद्यार्थीका लागि एमालेले प्राविधिक धारमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई रु. २० लाखसम्म निवर््याजी ऋण उपलब्ध गराउने, सरकारी सेवा, निजी क्षेत्र तथा अध्यापन क्षेत्रमा न्युनतम पारिश्रमिकसहितको इन्टर्नसिप को व्यवस्था गर्ने, सबै विद्यालयका किशोरीहरूलाई निःशुल्क प्याड सहजरूपमा उपलब्ध गराउने, कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा को प्रवन्ध गर्ने एमालेको घोषणापत्रमा उल्लेख छ ।

यस्तै श्रमिक, शिक्षक तथा स्वास्थ्य स्वयंसेविकाको कल्याणतर्फ केही महत्वपूर्ण घोषणा एमालेले गरेको छ ।

सबै श्रमिकको न्युनतम मासिक पारिश्रमिक २५ हजार पु¥याउने, सीप तथा उत्पादकत्व बढाउने कार्यक्रमसँगै नियमित÷अनौपचारिक सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा मा आवद्ध गर्ने, सामुदायिक तथा निजी विद्यालयका सम्पूर्ण शिक्षकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा मा आवद्ध गरी शिक्षकको मर्यादाक्रम तोक्ने, स्वास्थ्य स्वयंसेविकालाई वार्षिक भत्ता बढाएर २० हजार पु¥याउने र सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षा मा आवद्ध गर्ने एमालेले घोषणा गरेको छ । महिला सशक्तिकरण तथा मातृशिशु संरक्षणतर्फ एमालेले महिला उद्यमशीलता विकास गर्न रु. २० लाखसम्म निवर््याजी ऋण सुविधा सहज रूपमा उपलब्ध गराउने, व्यवसाय तथा ऋणको निःशुल्क बीमा व्यवस्था, गर्भवती महिलालाई घरदेखि स्वास्थ्य संस्थासम्मको यातायात खर्च दोब्बर गर्ने, सुत्केरी हुने महिलालाई प्रतिजन्म २० हजार मातृशिशु पोषण भत्ता दिने, गर्भवती महिलाका लागि ५ लाखसम्मको निःशुल्क जीवन बीमा गर्ने एमालेको घोषणापत्रमा समेटिएको छ ।

गरीब परिवार तथा सुरक्षाकर्मीको राहतको घोषणा एमालेले गरेको छ । राज्यद्वारा गरीब परिवारको रूपमा पहिचान भएका घरपरिवारले २०८२ भदौसम्म लिएको २५ हजारसम्मको ऋण मिनाहा गर्ने, यस्ता परिवारलाई योगदानमा आधारित सामाजिक सुरक्षामा आवद्ध गर्ने, बहालवाला तथा अवकाशप्राप्त सुरक्षाकर्मीको सम्मान, सेवा–सुविधा, सामाजिक सुरक्षा, स्वास्थ्योपचार, सीप विकास तथा सम्मानजनक जीवनयापन सुनिश्चित गर्ने एमालेले घोषणा गरेको छ ।


प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?