Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

गण्डकीमा नवनियुक्त मन्त्रीले लिए सपथ


२९ वैशाख, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनीहरूलाई शपथ गराएका हुन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बाग्लुङका दीपेन्द्रबहादुर थापा, तनहुँका जीतप्रकाश आले र नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जालीलाई आजै मन्त्री नियुक्त गरेका थिए।

यसअघि एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने चर्चा रहे पनि उनको ठाउँमा कांग्रेसका आले मन्त्री बनेका छन्।

गत वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट पाण्डे गएको १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए।


प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?