Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

१२ दिनदेखि हराएका गुरुङ मृत भेटिए 


२९ वैशाख, तनहुँ । तनहुँमा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ । गत वैशाख १७ गतेदेखि हराइरहेका तनहुँको व्यास नगरपालिका–९ गजौडेका वर्ष ५९ का सुरेशकुमार गुरुङ मृत अवस्थामा भेटिएका हुन् ।

गुरुङको स्थानीय सुदेखोला सात विसे सामुदायिक वनको भिरबाट १११ मिटर तल खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । गुरुङ बिहीबार दिउँसो मृत अवस्थामा भेटिएका हुन् ।

१२ दिनअघि सोही सामुदायिक वनमा घाँस काट्न जान्छु भनी हिँड्नु भएका गुरुङ घर नआएपछि गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको कुकुरसहितको प्राविधिक टोलीले खोज तलास गर्दा पनि फेला पार्न सकेको थिएन । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?