Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

एमालेको घोषणापत्रले ८–९ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव तुल्याउँछ: प्रा.डा. शिवराज अधिकारी


‘एमालेको घोषणापत्र एउटा इकोसिस्टम हो, जसले ८–९ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव तुल्याउँछ’: प्रा.डा. शिवराज अधिकारी

काठमाडौँ । योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले नेकपा एमालेको घोषणापत्र एउटा ‘आर्थिक इकोसिस्टम’ को रूपमा डिजाइन गरिएको दाबी गर्नुभएको छ ।

उहाँकाअनुसार यो घोषणापत्रमा समेटिएका २५ बुँदाहरू एक–अर्काका पूरक हुन् र यसले देशको आर्थिक विकासलाई एउटा एकीकृत चेनको रूपमा अगाडि बढाउनेछ । कतिपयले एमालेको आर्थिक एजेण्डालाई केवल ‘वितरणमुखी’ वा लागत मात्र भएको टिप्पणी गर्ने गरे पनि डा. अधिकारीले यसलाई अस्वीकार गर्नुभयो । डिजिटल कार्ड र डलर कार्ड जस्ता सुविधाहरूले निर्यात प्रवद्र्धन र रोजगारी सिर्जनामा प्रत्यक्ष सहयोग पु¥याउने उहाँको तर्क छ । यसले गर्दा छोटो समयको लागतले दीर्घकालीन आर्थिक लाभ दिने उहाँले स्पष्ट पार्नुभयो । आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्यका बारेमा बोल्दै डा. अधिकारीले ८ देखि ९ प्रतिशतको वृद्धिदर हासिल गर्न सकिने बताउनु भयो । उहाँले यसलाई प्राविधिक रूपमा ‘नोमिनल ग्रोथ रेट’ का आधारमा विश्लेषण गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको खर्च फाउण्डेसनका लागि हो । आज कस्ट (लागत) देखिए पनि भोलि यसले अर्को क्षेत्रलाई सपोर्ट गर्ने हुनाले यो अन्ततः लगानी (इन्भेस्टमेन्ट) मा रूपान्तरण हुन्छ। हामीले त्यसरी कन्भर्ट हुने च्यानलहरू बनाइरहेका छौँ ।’

नेपाली युवाहरू विदेश पलायन हुनुको मुख्य कारण कामको अभाव मात्र नभई ‘मर्यादित काम’ र सामाजिक सुरक्षाको अभाव रहेको उहाँको विश्लेषण छ । एमालेको योजनामा शिक्षा र स्वास्थ्यलाई निःशुल्क र गुणस्तरीय बनाउने प्रस्ताव गरिएको छ । यदि राज्यले यि आधारभुत सेवाहरू उपलब्ध गराउँछ भने नेपाली ज्यालाले पनि मर्यादित जीवन सम्भव हुने र यसले स्वदेशमै बस्ने वातावरण सिर्जना गर्ने डा. अधिकारीको विश्वास छ । उद्योगधन्दाको विकासले मात्र उत्पादन र रोजगारी बढाउने र यसलाई समग्र इकोसिस्टमसँग जोडेर हेर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।


प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?