२३ जेष्ठ ,सुर्खेत/भेरीगङ्गा । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । मुख्यमन्त्री राजकुमार शर्माले सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रम सभामा छलफल गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए । उक्त प्रस्तावमाथि आजदेखि छलफल प्रारम्भ भएको हो ।
२३ जेष्ठ ,काठमाडौँ । अन्तर्राष्ट्रियस्तरको हिमालयन ट्राभल मार्टको चौथो संस्करण काठमाडौँमा सुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि सुरु भएको मार्ट यही जेठ २६ गतेसम्म चल्नेछ । मार्टमा २५ मुलुकका चार सयभन्दा बढीको सहभागिता रहेको आयोजक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरले जनाएको छ । मार्टको एक कार्यक्रमका
२३ जेष्ठ ,काठमाडौँ । डेमोक्रेटिक लयर्स एसाेसियसन (डिएलए) काे अध्यक्षमा लक्ष्मि रावल दाहालकाे चर्चा शुरू भएकाे छ । हाल महासचिव रहेकी दाहालले अध्यक्षमा उमेदवारी दिने तयारी गरेसँगै उनकाे नाम अहिले चर्चामा छ । डिएलएकाे ११ महाधिवेशन जेठ २६ र २७ गते चितवनमा हुँदैछ । डिएलएकाे इतिहासमा अध्यक्षमा महिला उम्मेदवार हुन
२३ जेष्ठ ,जानकी । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा प्राध्यापन गर्ने एक शिक्षक मृतावस्थामा फेला परेका छन् । अर्थशास्त्र विषयमा आंशिक प्राध्यापन गर्ने रवीन्द्र रेग्मी मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१८ का मृतक रेग्मीको शव राप्तीसोनारी गाउँपालिकास्थित ढेकेरीको जङ्गलमा जलेको अवस्थामा शव फेला परेको प्रहरी
२३ जेठ, काभ्रेपलाञ्चोक । ब्लड क्यान्सरबाट पीडित १० वर्षे बालकको परिवारले सहयोगको याचना गरेको छ। काभ्रेको तेमाल गाउँपालिका ७ कुरुवासका अंकित तामाङको उपचारमा खर्च अभाव भएको भन्दै परिवारले सहयोगका लागि आग्रह गरेको हो। पीडितका बाबु अनिल तामाङका अनुसार बानेश्वरस्थित सिभिल अस्पतालमा बालकको उपचार भइरहेको छ। ‘घरको आर्थिक अवस्था कमजोर छ
२३ जेठ, बाजुरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई विकास कोषमा परिणत गरिने बताएका छन् । खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले चार जिल्ला (बझाङ, बाजुरा, अछाम र डोटी) को सङ्गमस्थल खप्तडलाई अब ‘खप्तड विकास प्रतिष्ठान’ वा ‘खप्तड विकास कोष’को रूपमा विकास गरिने उल्लेख गरे ।
२३ जेठ, सिन्धुली । सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अधिकारीहरुको अझै खोजी भइरहेको छ । घटना भएको पाँचौँ दिन बित्नै लागिसक्दासमेत अझैसम्म ती अधिकारीहरूलाई भेटृाउन सकिएको छैन । सिटिइभिटी का दुई निर्देशक र अधिकृत चढेको बा१झ ७४६७ नंको जिप शुक्रबार दिउँसो मध्यपहाडी
२३ जेठ, जनकपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार जनकपुर चुरोट कारखाना पुनः सञ्चालनको पक्षमा नरहेको बताएका छन् । चुरोटले मानव स्वास्थ्यमा विभिन्नखालका समस्या सिर्जना गर्ने गरेका कारण सरकार चुरोट कारखाना सञ्चालनको पक्षमा नरहेको बताए । मन्त्री रिजालको सम्मानका लागि जनकपुरधाम उद्योग वाणिज्य सङ्घले मंगलबार आयोजना गरेको कार्यक्रमलाई
२३ जेठ, चितवन । समाचार सङ्कलनका लागि इच्छाकामना गाउँपालिका–२ को मायाटार पुगेका पत्रकार दीपेन्द्र अधिकारी गएराति सिरक ओढेर सुते । जिल्लाको समथर भूभागमा सिरानी भिज्ने गरी पसिना आइरहेको समयमा पहाडमा भने मौसम शीतल भएको उनलाई महशुस भयो । यस जिल्लाको तराई भूभागमा तापक्रम हिजोआज ४० डिग्री हाराहारी हुँदा पहाडी क्षेत्रमा
२३ जेठ, ओखलढुङ्गा। सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्राकृतिक र मानव निर्मित नेपालीपन बोकेको पर्यटन प्रवद्र्धन आजको आवश्यकता भएको बताएका छन् । ओखलढुङ्गाको खिजीदेम्बा क्षेत्रको नयाँ पर्यटन पदमार्गको आज यहाँ सुरु भएको घोषणा कार्यक्रममा मन्त्री किराँतीले संस्कृति, शिक्षा र ज्ञानका हिसाबले नेपालका हरेक घर विश्वविद्यालय र प्रत्येक गुम्बा