Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री दाहाल


२३ जेठ, बाजुरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई विकास कोषमा परिणत गरिने बताएका छन् ।

खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले चार जिल्ला (बझाङ, बाजुरा, अछाम र डोटी) को सङ्गमस्थल खप्तडलाई अब ‘खप्तड विकास प्रतिष्ठान’ वा ‘खप्तड विकास कोष’को रूपमा विकास गरिने उल्लेख गरे । खप्तडको विकासका लागि लगानी बोर्डले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समेत तयार गरिसकेको उनले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले भने, “खप्तड लामो समयदेखि चर्चामा छ, तर यसको प्रचारप्रसार हुन सकेन । अब एकैपटक यसको विश्वव्यापी प्रचार हुन्छ । विभिन्न देशका राजदूतले पनि आफ्नो देशमा खप्तडको प्रचार गर्नुहुनेछ । त्यसपछि पर्यटकको ओइरो लाग्नेछ ।”

योगगुरु रामदेवले खप्तड अलौकिक क्षेत्र भएको बताए । “खप्तड एउटा आध्यात्मिक क्षेत्रका लागि प्रकृतिले दिएको गहना जस्तै हो । अब यसको संसारभर आध्यात्मिक पर्यटनको रूपमा प्रचार हुनेछ”, उनले भने –“भू–स्वर्ग भनेकै खप्तड हो, त्यसैले जीवित छँदा नै सबैले खप्तड पुग्नुपर्छ ।”

पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पराराष्ट्रमन्त्री एनपी साउद, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, सांसद, प्रदेशसभा सदस्य, विभिन्न देशका राजदूत, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तिलगायत खप्तड पुगेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकार, पर्यटन बोर्ड तथा स्थानीय तहको सहकार्यमा आयोजना गरिएको उक्त सम्मेलन यही जेठ २५ गतेसम्म चल्नेछ ।


प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?