Trending
>>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री दाहाल


२३ जेठ, बाजुरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई विकास कोषमा परिणत गरिने बताएका छन् ।

खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले चार जिल्ला (बझाङ, बाजुरा, अछाम र डोटी) को सङ्गमस्थल खप्तडलाई अब ‘खप्तड विकास प्रतिष्ठान’ वा ‘खप्तड विकास कोष’को रूपमा विकास गरिने उल्लेख गरे । खप्तडको विकासका लागि लगानी बोर्डले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समेत तयार गरिसकेको उनले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले भने, “खप्तड लामो समयदेखि चर्चामा छ, तर यसको प्रचारप्रसार हुन सकेन । अब एकैपटक यसको विश्वव्यापी प्रचार हुन्छ । विभिन्न देशका राजदूतले पनि आफ्नो देशमा खप्तडको प्रचार गर्नुहुनेछ । त्यसपछि पर्यटकको ओइरो लाग्नेछ ।”

योगगुरु रामदेवले खप्तड अलौकिक क्षेत्र भएको बताए । “खप्तड एउटा आध्यात्मिक क्षेत्रका लागि प्रकृतिले दिएको गहना जस्तै हो । अब यसको संसारभर आध्यात्मिक पर्यटनको रूपमा प्रचार हुनेछ”, उनले भने –“भू–स्वर्ग भनेकै खप्तड हो, त्यसैले जीवित छँदा नै सबैले खप्तड पुग्नुपर्छ ।”

पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पराराष्ट्रमन्त्री एनपी साउद, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, सांसद, प्रदेशसभा सदस्य, विभिन्न देशका राजदूत, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तिलगायत खप्तड पुगेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकार, पर्यटन बोर्ड तथा स्थानीय तहको सहकार्यमा आयोजना गरिएको उक्त सम्मेलन यही जेठ २५ गतेसम्म चल्नेछ ।


प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?