Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कर्णाली प्रदेश : नीति कार्यक्रममाथिको छलफल सुरु


२३ जेष्ठ ,सुर्खेत/भेरीगङ्गा । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।

मुख्यमन्त्री राजकुमार शर्माले सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रम सभामा छलफल गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए । उक्त प्रस्तावमाथि आजदेखि छलफल प्रारम्भ भएको हो ।

छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरूले नीति तथा कार्यक्रम सरकारले कुनै अध्ययनबिना नै ल्याएको बताए । उनिहरूले नीति कार्यक्रम सरकारको हो कि कुनै पार्टीको भन्दै प्रश्न गरे ।

छलफलमा भाग लिँदै नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीमा मिलेर जानुपर्ने अवस्था रहे पनि सरकार नै त्यो बाटोमा नरहेको जिकिर गरे । सरकारले हुनै नसक्ने क्रियाकलापलाई आफ्नो नीति कार्यक्रममा समावेश गरेको उल्लेख गर्दै उनले सरकारले समाएको बाटो गलत रहेको बताए ।

सत्ता पक्षकै सदस्य सुरेश अधिकारीले स्थानीय सरकारसँग मिलेर बैंक सञ्चालन गर्ने भनिएको भन्दै यसलाई सच्याएर जानुपर्ने बताए । उनले संविधानमा लेखिएको कुराभन्दा बाहिर गएर नीति कार्यक्रम ल्याइएको हो कि जस्तो अनुभूति भएको बताए ।

अर्का सदस्य वीरबहादुर शाहीले पनि नीति कार्यक्रममा सबै कुरा समेटिएको भए पनि यसको कार्यान्वयन महत्त्वपूर्ण पाटो रहेको बताए । सदस्य हिक्मतबहादुर विष्टले नीति तथा कार्यक्रममा सिञ्जा सभ्यतालाई माथि उठाउने कुरा गरिएकोमा स्वागत गर्दै अझै सिञ्जालाई ‘सिजनल सेन्टर’ बनाउने गरी नीतिमा समेटिनुपर्नेमा जोड दिए ।

अर्का प्रदेशसभा सदस्य तुलसा मल्लले नीति तथा कार्यक्रम झुटको पुलिन्दा भएको भन्दै आलोचना गरिन् । सदस्यहरू घनश्याम भण्डारी, पूर्ण खत्री चालिसे, लक्ष्मी सुनार, शोसिला शाही लगायतले छलफलमा भाग लिएकि थिईन् ।


प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?