Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

चुरोट कारखाना सञ्चालनको पक्षमा छैनौँ : मन्त्री रिजाल


२३ जेठ, जनकपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार जनकपुर चुरोट कारखाना पुनः सञ्चालनको पक्षमा नरहेको बताएका छन् । चुरोटले मानव स्वास्थ्यमा विभिन्नखालका समस्या सिर्जना गर्ने गरेका कारण सरकार चुरोट कारखाना सञ्चालनको पक्षमा नरहेको बताए ।

मन्त्री रिजालको सम्मानका लागि जनकपुरधाम उद्योग वाणिज्य सङ्घले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा लामो समयदेखि सरकार स्थिर नभएका कारण उद्योगी व्यवसायीलाई विभिन्नखालको समस्या झेल्नुपरेको भन्दै वर्तमान सरकार पाँच वर्षसम्म जाने भएकाले अवका केही दिनमा व्यवसायीको धेरैजसो समस्या समाधान हुने बताए ।

उनले गरीखानेलाई गरीखान दिनुपर्छ भन्ने मान्यताका साथ सरकारले व्यवसाय सञ्चालनका लागि लाइसेन्स लिन लगाइएका प्रतिबन्धहरू चाँडै हटाइने बताए । उनले व्यापारीहरूलाई राम्ररी व्यवसाय गरी मनग्य आम्दानी गर्न सुझाव समेत दिए । उनले भने, “सरकारले व्यापार गर्ने होइन । व्यापारीहरुले नै व्यापार गर्नुपर्छ ।”


प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?