Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

तेमालका ब्लड क्यान्सर पीडित १० वर्षे बालकको उपचारमा सबै सम्पत्ति सकियो, सहयोग जुटाउन अभियान सुरू


२३ जेठ, काभ्रेपलाञ्चोक । ब्लड क्यान्सरबाट पीडित १० वर्षे बालकको परिवारले सहयोगको याचना गरेको छ। काभ्रेको तेमाल गाउँपालिका ७ कुरुवासका अंकित तामाङको उपचारमा खर्च अभाव भएको भन्दै परिवारले सहयोगका लागि आग्रह गरेको हो।

पीडितका बाबु अनिल तामाङका अनुसार बानेश्वरस्थित सिभिल अस्पतालमा बालकको उपचार भइरहेको छ। ‘घरको आर्थिक अवस्था कमजोर छ । सामान्य खेतीपाती र कर्मी काम गरेर परिवार पाल्दै आएको थिएँ। छोराको उपचारमा सबै सम्पत्ति सकियो। अब केले उपचार गर्ने?’

सहयोगका लागि तामाङका अनुसार चिकित्सकले बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने र त्यसका लागि तीस लाखसम्म खर्च लाग्ने बताएका छन्। उपचारका क्रममा १० लाखभन्दा बढी खर्च भइसकेको परिवारको भनाइ छ। रकम संकलनका लागि तेमाल गाउँपालिका ७ का वडाध्यक्ष ईन्द्रलाल तामाङको संयोजकत्वमा ‘ब्लड क्यान्सररोगी अंकित तामाङ बचाउ अभियान’समेत थालिएको छ।

उपचार खर्चमा सहयोग गर्न इच्छुकले बिरामीका बुबा अनिल तामाङकाे माेबाइल नं ९८४११५१७३४ मा सम्पर्क गर्न वा बिरामी अंकित तामाङकाे सिटिजन्स बैंकको तेमाल शाखामा रहेको खाता नं. ०५२०१००००२१६१०४१ मा रकम जम्मा गर्न सक्नेछन्।


प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?