Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

तेमालका ब्लड क्यान्सर पीडित १० वर्षे बालकको उपचारमा सबै सम्पत्ति सकियो, सहयोग जुटाउन अभियान सुरू


२३ जेठ, काभ्रेपलाञ्चोक । ब्लड क्यान्सरबाट पीडित १० वर्षे बालकको परिवारले सहयोगको याचना गरेको छ। काभ्रेको तेमाल गाउँपालिका ७ कुरुवासका अंकित तामाङको उपचारमा खर्च अभाव भएको भन्दै परिवारले सहयोगका लागि आग्रह गरेको हो।

पीडितका बाबु अनिल तामाङका अनुसार बानेश्वरस्थित सिभिल अस्पतालमा बालकको उपचार भइरहेको छ। ‘घरको आर्थिक अवस्था कमजोर छ । सामान्य खेतीपाती र कर्मी काम गरेर परिवार पाल्दै आएको थिएँ। छोराको उपचारमा सबै सम्पत्ति सकियो। अब केले उपचार गर्ने?’

सहयोगका लागि तामाङका अनुसार चिकित्सकले बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने र त्यसका लागि तीस लाखसम्म खर्च लाग्ने बताएका छन्। उपचारका क्रममा १० लाखभन्दा बढी खर्च भइसकेको परिवारको भनाइ छ। रकम संकलनका लागि तेमाल गाउँपालिका ७ का वडाध्यक्ष ईन्द्रलाल तामाङको संयोजकत्वमा ‘ब्लड क्यान्सररोगी अंकित तामाङ बचाउ अभियान’समेत थालिएको छ।

उपचार खर्चमा सहयोग गर्न इच्छुकले बिरामीका बुबा अनिल तामाङकाे माेबाइल नं ९८४११५१७३४ मा सम्पर्क गर्न वा बिरामी अंकित तामाङकाे सिटिजन्स बैंकको तेमाल शाखामा रहेको खाता नं. ०५२०१००००२१६१०४१ मा रकम जम्मा गर्न सक्नेछन्।


प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?