Trending
>>   घर, गाडी र सहज शिक्षा र स्वास्थ्यको पहुँच नै नेपाली युवाको आशाः कुलमान घिसिङ >>   हनुमानढोका दरबार संग्रहालयको दिगो संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड >>   स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेजको निर्णय कार्यान्वयन गर्न माग >>   कानूनी शासन स्थापित नगरी जेन–जी का माग पूरा गर्न सकिँदैनः अर्थमन्त्री खनाल >>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

प्रदेश समाचार


काठमाडाैँ महानगरले लगायो २ अस्पतालमा ताला

३० जेठ, काठमाडाैँ । दर्ता नै नगरी सञ्चालनमा रहेका काठमाडौँ महानगरपालिकाका दुईवटा अस्पतालमा सोमबार काठमाडौँ महानगरपालिकाले ताला लगाएको छ। दर्ता नगरी सञ्चालनमा रहेको वडा ६ बौद्धको चाइनिज पिपुल्स अस्पताल र वडा ३२ कोटेश्वरमा रहेको सहयात्री अस्पतालमा कामपा जनस्वास्थ्य विभागले ताला लगाएर बन्द गरेको हो। स्वास्थ्यजस्तो संवेदनशील सेवा प्रदान गर्ने स्थान

सहकारीका बचतकर्ताको २० करोड बढी रकम ठगी

३० जेठ, सुर्खेत । महेन्द्रनगरस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको रु २० करोड ७८ लाख बढी रकम ठगी गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बचत रकम फिर्ता नगरेको भन्दै दुई हजार चार सय ९६ जना बचतकर्ताले प्रहरीमा निवदेन दिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बचतकर्ताहरूले रु

झोलुङ्गे पुलले फेरियो दैनिकी

३० जेठ, बागलुङ । पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै एउटा अग्लो र लामो झोलुङ्गे पुल बनेको छ । त्यो पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो, भिडियो खिच्ने र रमाउने संख्या धेरै देखिन्छ । तमानखोलामाथि बिसमर र घोँसाखानी गाउँलाई जोड्ने गरी निर्माण भएको यो पुल अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र

सबैको रोजाइमा राराताल

३० जेठ, मुगु । राराताल घुम्न देशभरका विद्यार्थी आउने क्रम बढ्दै गएको छ । रारातालसम्म सडक जोडिएसँगै विभिन्न विद्यालयबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीको सङ्ख्या बढ्दै गएको हो । सुदूरपश्चिम प्रदेशको बाजुरा र मुगुको खत्याड गाउँपालिका सडक सञ्जालमा जोडिएसँगै सुदूरपश्चिम सहित अन्य अन्य प्रदेशबाट घुम्न आउनेको सङ्ख्या पनि बढिरहेको छ । बाजुराको

सेती नदीको वैज्ञानिक सिमाङ्कन गर्न माग

३० जेठ, पोखरा । माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखबाट उत्पत्ति भएर पोखराको मध्यभाग भएर बग्ने सेती नदीको वैज्ञानिक सिमाङ्कनको माग गरिएको छ । नदीको सिमाङ्कन नहुँदा नदी दोहन बढेको भन्दै सेती नदी संरक्षण अभियानले स्थानीय सरकारको ध्यानाकर्षण गराएको हो । सेती नदीको संरक्षणको काम गर्ने उद्देश्यसहित हालै जिल्ला प्रशासन कार्यालय कास्कीमा

तनहुँमा जग्गाको नापजाँच अगाडि बढ्यो

३० जेष्ठ ,दमौली । भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि तनहुँमा जग्गा नापजाँचको काम अगाडि बढेको छ । राष्ट्रिय भूमि आयोग तनहुँले भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि जग्गा नापजाँचको काम अगाडि बढाएको हो । आयोगका विज्ञ सदस्य श्रीराम कार्कीका अनुसार शुक्लागण्डकी नगरपालिका–३, ८ र ९ मा जग्गाको

म्याग्दीमा ‘दीर्घरोगीका घर घरमा अध्यक्ष’ कार्यक्रम

३० जेष्ठ ,गलेश्वर । म्याग्दीको धवलागिरि गाउँपालिकाले ‘दीर्घरोगीको घर–घरमा अध्यक्ष’ कार्यक्रम सुरु गरेको छ । दीर्घरोगीको अवस्था पहिचान र उनीहरूको औषधोपचारमा सघाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । भौगोलिकरूपमा अत्यन्त विकट रहेको धवलागिरि–१ स्थित गुर्जाबाट गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर पुनले सो अभियानको शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले दीर्घरोगीलाई घरदैलोमै

खुला पुरुष भलिबलको उपाधि महासङ्घलाई

३० जेष्ठ ,भक्तपुर । भक्तपुरमा सोमबार सम्पन्न राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगितामा नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ विजयी बनेको छ । सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा स्थानीय ॐ सिर्जनशील समाजले गत शनिबारदेखि आयोजना गरेको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा महासङ्घले लिखु गाउँपालिका–८ ओखलढुङ्गालाई ३–१ को सेटमा पराजित गरेको थियो

कुतियाकवरवासी भन्दछन् : ‘बर्खा लाग्यो कि बाढीकै पिरलो’

३० जेष्ठ ,दोधारा चाँदनी। तीनतिर जोगबुढा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ । जोगबुढापारि रहेको भारतसँग सिमाना जोडिएको सानो बस्ती कुतियाकवर सामान्य बाढीमा पनि डुब्ने गरेको छ । “बर्खा लाग्यो कि हामीलाई बाढीकै चिन्ता हुने गर्छ”, दोधारा चाँदनी

बसपार्क सञ्चालन गर्न कार्यविधि पारित

३० जेष्ठ ,बागमती । मकवानपुरको थाहा नगरपालिकाको कार्यपालिका बैठकले थाहानगर बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० पारित गरेकोे छ । सो कार्यपालिकाको सोमबार सम्पन्न बैठकको निर्णयका आधारमा थाहा नगरपालिका– ४ मा निर्माणधीन बसपार्क सञ्चालन हुने बताइएको छ । कार्यविधिअनुसार थाहा बसपार्क नगरपालिकाको मातहतमा रहने गरी नगरप्रमुखले सिफारिस गरेका व्यक्तिको अध्यक्षतामा

सम्वन्धित समाचारहरु